Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियएलोप्याथी विरूद्ध बिना प्रमाण बोलेको विषयमा विभिन्न प्रान्तमा दायर सबै उजुरीहरू दिल्ली ल्याउन माग गर्दै रामदेव सर्वोच्च गुहारे

एलोप्याथी विरूद्ध बिना प्रमाण बोलेको विषयमा विभिन्न प्रान्तमा दायर सबै उजुरीहरू दिल्ली ल्याउन माग गर्दै रामदेव सर्वोच्च गुहारे


काठमाडौ । योग गुरू रामदेवले एलोप्याथी चिकित्सा पद्धतिबारे बिना प्रमाण बोलेको विषयमा विभिन्न प्रान्तमा दायर उजुरीहरूबाट बचाउन र ती ऊजुरीहरू दिल्ली स्थानान्तरण गरी पाउँ माग दाबी सहित बुधबार सर्वोच्च गुहारे ।

एलोप्याथी उपचार पद्धति काम लाग्ने नभएको मान्छे मारेको भनी दिएको अभिव्यक्ति सहितको भिडियो भाइरल भएपछि रामदेवका विरूद्ध विभिन्न प्रान्तमा एफआइआर दायर भएका छन् ।

ती एफआइआरबाट सुरक्षा पाउन र ती एफआइआरहरूलाई दिल्लमा सार्न पाउने गरी सर्वोच्चमा उनले कानुनी प्रक्रिया अगाडि बढाएका हुन ।

इन्डियन मेडिकल एसोसिएसन पटना र रायपुर शाखाले रामदेव विरूद्ध एफआइआर दायर गरेका छन् ।

रामदेव विरूद्ध भारतीय दण्ड संहिता अन्तर्गतका सरकारी कर्मचारीबाट जारी आदेशको अवज्ञा सम्बन्धी धारा १८८, जीवनका लागि खतरा हुने संक्रामक रोगको बेवास्ता गरेको धारा २६९, शान्ति सुव्यव्यस्था भंग गर्ने उद्देश्यले बेइज्जत गर्ने खालको उक्साउने सम्बन्धी धारा ५०४ अनुसार अभियोग लगाइएको छ ।

एलोप्याथीबारे दिएको अभिव्यक्तिको भारतमा ठूलो विरोध भएपछि सरकारी नोटिस रामदेवलाई दिइएको थियो ।छत्तिसगढको रायपुरमा जुन १६मा दर्ता गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaknig


तपाईको प्रतिक्रिया दिनुहोस