Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियदक्षिण एसियाको नयाँ क्षेत्रीय सन्तुलनको प्रयासमा सक्रिय अमेरिका

दक्षिण एसियाको नयाँ क्षेत्रीय सन्तुलनको प्रयासमा सक्रिय अमेरिका


काठमाडौ । दक्षिण एसियाको नयाँ क्षेत्रीय सन्तुलनको प्रयासमा दिल्ली ,इश्लामावाद र काबुलसमेत गरी सबै ठाउँ अमेरिका सक्रिय रहेको कुटनीतिक क्षेत्रमा अनुभव हुन थालेको छ ।

यसका लागि अदृश्य स्वतन्त्र विकासहरूले छिट्टै देखा पर्नै ज्योति मल्होत्राले विश्वास व्यक्त गरेकी छिन् ।

मल्होत्राले हाल देखिएका केही गतिविधिलाई जोडेर यस्तो विश्वास व्यक्त गरेकी हुन् ।

पहिलो विषय ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कास्मिरका महत्वपूर्ण राजनीतिक नेतालाई जुन २४का दिन राजधानी दिल्ली बैठकका लागि निम्तो गरेका छन् । त्यहाँ नयाँ राजनीतिक प्रक्रियालाई अगाडि बढाउने विषयमा ती नेताहरू बिच छलफल हुने छ ।

दोस्रो कुरो भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र पाकिस्तानी समकक्षी मोइद युसुफका साथै पाकिस्तानी सेनाका केही महत्वपूर्ण नेतृत्वको अगुवाइमा भारत पाकिस्तान बिचको सम्झौताबारे भइरहेको प्रयासका कारण दिल्लीमा जम्मु कास्मिरका नेताहरूसँगको छलफल भइरहेको छ ।

डोभाल र युसुफ अफगानिस्तानो भविष्यबारे ताजिकिस्तानको दुशान्बेस्थित जुन २३मा आयोजित छलफलमा सहभागी भइरहेका छन् । दिल्लीमा मोदीमा जम्मु कास्मिरका नेताहरूसँग वार्ता गरिहेको एक दिन अघि डोभाल र युसुफ एक आपस बिच छलफल गरिरहेका छन् ।

यो साता पछि अमेरिकी मध्यस्थतामा अफगानिस्तानमा शान्ति तथा मेलामिलापको लागि अफगानी राष्ट्रपति असरफ गानी र अब्दुला अब्दुला दुवै यो साता पछि वासिंटन उडिरहेका छन् । नेटा गठबन्धनका सेना मे एकमा फर्किन सुरु गरेयता ३८ मध्ये २७मा कब्जा जमाएर बसेको तलिबानसँग देशहितमा शान्ति प्रक्रिया सुनिश्चत गर्न गानी र अब्दुला वासिंटन जान लागेका हुन् ।
त्रिकोणीय सम्बन्ध

मोदीसँग मिल्न लागेका जम्मु कास्मिरका नेताहरूसाग तालिबानको सम्बन्ध के होला भन्ने सवाल यहाँ खडा हुन सक्छ ।जवाफ भने सहज छैन ।अmगानिस्तान, पाकिस्तान र भारतले विभिन्न समयमा एक अर्काको रगत बगाएका छन् । यो सबैको धागो अहिले अमेरिकाको हातमा जोडिन पुगेको छ ।

अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्केपछि त्यहाँ शान्ति बहाल सुनिश्चित हुने गरी एक नयाँ शान्ति प्रक्रिया अगाडि बढाउन अमेरिकाले चाहेको हुनुपर्छ । यसका लागि एक क्षेत्रीय स्थायित्वको अपेक्षा गरिएको छ ।

पहिलो कास्मिरको कुरा गर्दा मोदी र जम्मु कास्मिरका नेताहरू बिचको भेटवार्ताका लागि गत सातामा तीन महत्वपूर्ण राजनीतिक गतिविधि भएको देखिएको छ ।

कास्मिरमा पहिलो काम त्यहाँको पिपुल्स डेमोक्रेटिक पार्टी पीडीपीका नेता तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीका महत्पूर्ण सहयोगी जुन १० देखि नजरबन्द रहेका नइम अख्तरलाई गत आइतबार रिहा गरियो ।

दोस्रो डिसेम्बर २०२० देखि नजरबन्द रहेका महबुबाका काका सरताज मदानीलाई शनिबार रिहा गरियो ।

तेस्रो पीडीपीका युवा चमत्कारिक नेता वहीद पारालाई शुक्रबार कोत भलवाल जेलमा ल्यायो । उनलाई यो महिना जमानत मिल्ने देखिएको छ ।

महबुबा मुफ्तीसँगको भेटवार्ताका लागि केन्द्रीय सरकारले यी तीन परिदृश्य सिर्जना गरेकोमा शंका देखिदैन् ।

दोस्रो विषय दुशन्बेमा भइरहेको डोभाल र युसुफको भेटघाट हो । पाकिस्तान र भारत बिचको सम्बन्धमा सुधारको बारेमा पाकिस्तानी सेनाका महत्वपूर्ण नेतृत्वले सार्वजनिक अभिव्यक्ति दिएयता भएका अनौपचारिक पछि दुशान्बे वार्ता भइरहेको छ ।

ठिक यही बेला पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले तोलो न्युजलाई दिएको एक अन्तर्वार्तामा भारत र अफगानिस्तान बिचको सीमा साझेदारी नभएपनि अफगानिस्तानमा भारतको उपस्थिति सोचिए भन्दा ठूलो हुन सक्ने बताएका छन् ।

२० वर्ष पछि अफगानिस्तानबाट अमेरिका निस्कन लागेको बेला पाकिस्तानसँग धेरै कार्ड हुन सक्ने बुझाइ स्वाभाविक छ ।

अमेरिकी धक्का

भारत र पाकिस्तान बिच राजनीतिक समझदारी बढोस भन्ने चाहना अमेरिकाको छ । कास्मिर विषय लगायतका दुई देश बिचको राजनीतिक समझदारी उनीहरू आफैले मिलाउन भन्ने अमेरिकी सोचाइ रहेको छ ।

भारत पाकिस्तान तनावले पाकिस्तान अफगानिस्तान तनाव बढाउने भएकाले अफगानिस्तानमा अमेरिकी उपस्थितिलाई असर गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनलको प्रशासनले मोदी सरकारलाई जम्मु कास्मिारमा फोरजी मोबाइल सञ्चार पुनर्बहाली मात्र नगरी दिल्ली र इश्लामावाद बिच सन् २०१३को सहमतिमा पुन वार्ता संवाद बढाउन दबाब बढाउन भनेको कुरो अब खुला सरह भएको छ ।

फेब्रुअरी २५ देखि भारत पकिस्तान बिचका नियन्त्रण रेखामा झडप ठोसरूपमा घटेको देखिएको छ ।
जुन २४मा दिल्लीमा मोदीसँग जम्मु कास्मिरका नेताहरूसँग भइरहेको छलफलले नयाँ सुरुआत हुने अपेक्षा यो परिदृश्यमा बढाएको छ ।

उपमहाद्विपमा नयाँ स्थायत्विको सुनिश्चिताका लागि गतिविधि भइरहको छ । जुलाई भारत र पाकिस्तान बिचको असफल आग्रा वार्ताको पनि २० वर्ष हुन लागेको छ । भूतले भविष्यका लागि कुनै निर्देश गर्छ भने दुवै पक्षले यस्तो हुनमा ढिलाइ किन भइरहेको भन्ने विषयमा गम्भीर भएर हेर्नैपर्छ ।

भारत पाकिस्तानले गर्दा समग्र दक्षिण एसियाली लिनु पर्ने गति लिन सकेको छैन् । अफगानिस्तानको शान्ति वार्ताको सफलताले निर्माण गर्ने उपमहादेशीय नयाँ स्थायित्वको अपेक्षा यस क्षेत्रका जनताका लागि सकारात्मक हुनु अस्वाभाविक छैन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस