Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

अधिकांश सर्वाधिक धनी अमेरिकी परिवार लगानी गर्न छोडे


काठमाडौ । अमेरिकाका सर्वाधिक धनी परिवारहरू मध्ये अधिकांशले लगानी नगरी सम्पत्ति घरमै थुपार्ने गरेको पाइएको छ ।

नीति अध्ययन प्रतिष्ठानले गरेको एक सर्वेक्षणमा अमेरिकाका अधिकांश धनी परिवार लगानी गर्न छोडेको देखिएको छ ।

‘सिल्भर स्पून ओलिगाकर््स’ नाम दिइएको यो अध्ययनमा सर्वाधिक धनी १ प्रतिशत अमेरिकी घर परिवारले उच्च कर लाग्ने भन्ने आशंकामा कुनै लगानी नगरेको पाइएको छ ।

उनीहरूले उपयोगी वस्तु, कारखाना सञ्चालन, रोजगार सिर्जना जस्तो कुनै पनि क्षेत्रमा लगानी गरिरहेका छैनन् । आफ्नो पैत्रिक सम्पत्ति तथा पुँजी लाभबाट प्राप्त सम्पत्तिलाई नगदको रूपमा राखिरहेका छन् ।

पैत्रिक सम्पत्तिको रूपमा प्राप्त सम्पत्ति राख्ने परिवारलाई कर सम्बन्धी कुनै समस्या नभएकाले उनीहरूले यस्तो गरिरहेका छन् ।

अमेरिका पुस्तैनी धनी परिवारका नयाँ वा पुराना दुवै पुस्ताले सम्पत्ति संरक्षण गर्ने रणनीतिमा नै लागेको देखिन्छन् ।
गत तीन दशकदेखि पुस्तैनी धनी परिवारका लागि कर सम्बन्धी कुनै समस्या नभएको हो ।

गत वर्ष फोब्र्सको सर्वाधिक धनी परिवारहरूको शीर्ष ५० जनाको सूचीमा रहेका २७ जना सन् १९८३ देखि फोब्र्सको चार सय जना सर्वाधिक धनी परिवारको सूचीमा पर्दै आएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट