Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी सरकारले इरानको प्रेस टिभीलगायतका मिडियाका वेब साइट कब्जा ग-यो

अमेरिकी सरकारले इरानको प्रेस टिभीलगायतका मिडियाका वेब साइट कब्जा ग-यो


काठमाडौ । अमेरिकी सरकारले इरानो प्रेस टिभी लगायत विभिन्न मिडियाको वेब साइट कब्जा गरेको छ ।

प्रेस टिभी,अल आलम, यमेनी टिभी च्यानल अल मासिराह लगायतका वेब साइट डोमन अमेरिकी अधिकारीहरूले कब्जा गरेको देखिएको हो ।

प्रेसटिभी डटकम लगायतका वेब साइट हेर्नेहरूले अमेरिकी सरकारले कब्जा गरेको पाएका छन् ।

अमेरिकाको कानुन अन्तर्गत यी वेब साइटलाई कब्जामा लिइएको जनाइएको छ । अमेरिकाको न्याय विभागले यस प्रकारको सूचना सार्वजनिक गरेको छ ।इश्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङको अग्रेजी सेवाको रूपमा अन्तर्राष्टि सेवा प्रेस टिभी रहेको छ ।

यसैगरी अल आलमले मध्यपूर्व र भूमध्यसागरीय क्षेत्रका बासिन्दालाई जानकारी दिने उद्देश्यल अरबी, फारसी र अंग्रेजीमा सञ्चार सेवा २००३ देखि सञ्चालन गर्दै आएको हो ।

इरानको स्वामित्वमा नरहेका अल मासिरा यमनका हउथिस आन्दोलनकारी समूहबाट सञ्चालित सञ्चार सेवा प्रतिष्ठान रहेको छ । अमेरिकाले यसलाई इरानको लागि काम गर्ने मिडिया भन्दै कब्जा गरेको हो ।

अमेरिकी र इरानी दुवै अधिकारीहरूले यसबारे केही जनाएका छैनन् । तर यमनको गैर सरकारी संस्था यमन ऐक्यबद्धता परिषदले यमनहरूको आवाजलाई अमेरिकी शासक बन्द गर्न खोजेको आरोप लगाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस