Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचिनियाँ उपविदेशमन्त्री अमेरिकाका लागि नयाँ राजदूत हुने अपेक्षा

चिनियाँ उपविदेशमन्त्री अमेरिकाका लागि नयाँ राजदूत हुने अपेक्षा


काठमाडौ । लामो समय अमेरिकाका लागि चिनियाँ राजदूतको सेवाबाट फर्किन लागेका कुइ तियान्काईको ठाउँमा चिनियाँ उपविदेशमन्त्री चिन गाङ जाने अपेक्षा गरिएको छ ।

कुइले अमेरिकाबाट फर्किन लागेको जानकारी दिँदै चीन अमेरिका दुवै चौबाटोमा उभिएको समस्यामा फसिरहेको बताए ।

अमेरिकाले चीनसँग भिडन्तको बाटोमा जाने कि सहयोगको बाटोमा जाने समस्यामा रहेको उनले बताएका छन् ।

यो विषय चिनियाँ सरकारले चीनसँगको सम्बन्धको नयाँ चरणको संरचनामा भर पर्ने उनले बताएको साउथ चाइना मर्निङ पोस्टले छापेको छ।

अमेरिका र चीन बिचको सम्बन्ध निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालयता बिग्रिदै आएको छ ।

नयाँ राष्ट्रपति जो बाइडनको कार्यकालमा पनि सम्बन्ध सुध्रिएको देखिएको छैन् ।

व्यापार र कोभिड– १९ महामारीको विषयलाई लिएर चीन र अमेरिका बिचको तनाव बढ्दै गएको हो ।

यो तनाव बढ्दै गएको बेला लामो समय बिताएका राजदूत अमेरिकाबाट फर्किन लागेका हुन् ।

आफू अमेरिकाबाट जान लागेको भन्न अघि कुइले हालै अमेरिकी राष्ट्रपति बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच जेनेभामा भएको शिखर वार्ताबाट दुवै देशले आआफ्ना राजदूत एक अर्काको देशमा फर्काउने गरी भएको सहमति पछि अमेरिका फर्केका रुसी राजदूत एनातोली एन्तोभसँग भेटेर एकाअर्कासँग जानकारी साटासाट गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस