राष्ट्रसंघीय मानवअधिकार परिषदमा चीनलाई ९० भन्दा बढी देशको समर्थन

काठमाडौ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा चीनलाई ९० बढी देशको समर्थन प्राप्त भएको देखिएको छ ।
चीन विरोधी अभियान द्रुतगतिमा सञ्चालन भइरहेको बेला चीनलाई यो समर्थन प्राप्त भएको हो ।
समर्थन गर्नेहरू मध्ये ६५ देशले चीनको सिनजियाङ उगुर स्वायत्त क्षेत्र, हङकङ विशेष प्रशासकीय क्षेत्र र तिब्बत स्वायत्त क्षेत्रमा भएको हस्तक्षेपलाई चीनको आन्तरिक मामिला दखल भएको भनी स्पस्टरूपमा विरोध गरोध गरेका छन् । पश्चिमा देशहरूको क्यानाडा नेतृत्व समूहले सिनजियाङसम्बन्धित विषयलाई लिएर सार्वजनिक गरेको संयुक्त वक्तव्यलाई मंगलबार संयुक्त राष्ट्र मानवअधिकार परिषदको ४७औं सत्रको दोस्रो दिनमा यस्तो देखिएको हो ।
अमेरिकी नेतृत्व र क्यानाडा नेतृत्वका चीन विरोधी अभियानका साना साना समूहले सिनजियाङको विरोधीमा गलत र झूठो हल्ला फिजाएको भनी सो परिषद्मा भिडन्तको स्थिति देखा प¥यो ।
बेलारुसा प्रतिनिधि सहित ६५ देशको तर्फबाट हङकङ, सिनियाङ र तिब्बतका विषयमा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत आचारसंहिताको पालना गरी हरेक देशको सार्वभौमिकता तथा अखण्डताको सम्मान गर्नुपर्ने भन्दा एक विज्ञप्ति चीनको पक्षमा निकालियो ।सो विज्ञप्तिमा चीनका यी क्षेत्रको बारेमा अन्य देशले हस्तक्षेप गर्न नहुने र गरे आन्तरिक मामिलामा हस्तक्षेप हुने जनाइएको छ ।
यसका अतिरिक्त खाडी सहयोग परिषदका ६ देशहरूले चीनको समर्थनमा सन्देश पठाएका छन् । चीन प्रति समर्थन जनाउन २० भन्दा बढी देशको एक समूहले चीनको समर्थनमा सन्देश सार्वजनिक गर्ने योजना बनाइरहेकोले ९० भन्दा बढी देशको समर्थन चीनलाई प्राप्त हुने देखिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया