Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियगरिब देशमा खोप अभावको समस्या चर्किदै गएकोमा डब्लुएचओको चिन्ता

गरिब देशमा खोप अभावको समस्या चर्किदै गएकोमा डब्लुएचओको चिन्ता


काठमाडौ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरिब देशहरूका लागि कोरोनाभाइरस खोप उपलब्ध गराउने योजनामा कोरोना खोपको अभाव भइरहेकोमा चिन्ता व्यक्त गरेको छ ।

कोभ्याक्स कार्यक्रम अन्तर्गत १३१ देशमा ९ करोड कोरोना खोपको मात्रा वितरण गरिएको जनाउँदै डब्लुएचओका बरिष्ठ सल्लाहकार डा. ब्रुस अलिवार्डले यसले विश्वभर फैलिरहेको भाइरसबाट मानिसलाई जोगाउन पर्याप्त सुरक्षा दिन नसक्ने चिन्ता व्यक्त गरे ।

खोपको धेरै अभाव अफ्रिकी देशहरूमा देखिएको छ जहाँ तेस्रो संक्रमणको लहर आउने अवस्था आइपुगको छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले धनी देशहरूले खोप थुपारेर राखेकोले भाइरसको समस्या चर्किदै गएको आरोप लगाए ।

महादेश स्तरमा अफ्रिकामा ४ करोड मात्रा दिइएको छ । यो कुल जनसंख्याका २ प्रतिशत भन्दा कम रहेको राष्ट्रपति रामाफोसाले बताए ।

डब्लुएचओको खोप कार्यक्रम कोभ्याक्स अन्तर्गत सन्२०२१सम्म २ अर्ब खोपको मात्रा उपलब्ध गराउनुपर्ने योजना बनाइएको थियो । यसमा धेरै दानबाट प्राप्त गरिने योजना थियो । यो कार्यक्रम अन्तर्गत विश्वको २० प्रतिशत जनसंख्यालाई खोप दिएर सुरक्षित गर्ने योजना रहेको थियो ।

उगान्डा, जिम्बाबे, बंगलादेश र ट्रिनाडजस्ता देशले खोपको अभाव भएको बताइरहेका छन् ।

न्यून आम्दानी भएको ८० देशका लागि कोभ्याक्सको कार्यक्रममा विशेष ध्यान दिइएको छ ।केही देशहरूले यो कार्यक्रमका अतिरिक्त पनि खोपको व्यवस्थापनमा लागेका छन् ।

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले ५ करोड ५० लाख खोप आवश्यकता परेका देशहरूलाई दान दिने योजना सार्वजनिक ग¥यो । ती मध्ये ४ करोड १० लाख कोभ्याक्स अन्तर्गत वितरण गरिने जनाइएको थियो । १ करोड ४० लाख खोप प्राथमिकतामा परेका देशहरूलाई वितरण गरिनेछ ।

यो खोप परिमाण बाइनले कोभ्याक्स अन्तर्गत ५० करोड खोप मात्रा दिने भने घोषणामा समावेश गरिएको छैन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस