Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमोदी हटाउन सन् २०२४को चुनावी रणनीति बनाउन सुरु

मोदी हटाउन सन् २०२४को चुनावी रणनीति बनाउन सुरु


काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारलाई सन् २०२४मा हटाउने गरी चुनावी रणनीति बनाउन सुरु गरिएको छ ।

हालै पश्चिम बंगालमा मोदी र उनक सहयोगी मन्त्रीहरूको रणनीतिलाई कमजोर पारेर ममता बनर्जीलाई सत्तामा कायम राख्ने गरी सफलता पाएका चुनाव रणनीतिकार प्रशान्त किशोरसँग १५ दलका गठबन्धन बनाउने राष्ट्रवादी कांग्रेस पार्टीका प्रमुख शरद पवारले भेटवार्ता गरेका छन् ।

सोमबार पवार र किशोर बिच भेटवार्ता पश्चात मंगलबार ४ बजे दिउँसो राष्ट्र मञ्चको बैठक आयोजना गरिएको छ । राष्ट्र मञ्चको आधार सन् २०१८मा भाजपाका नेता तथा पूर्व मन्त्री यशन्त सिन्हाले मोदी सरकार विरूद्ध खडा गरेका थिए ।

राष्ट्र मञ्चको ब्यानरमा १५ दलका नेताहरू सामेल हुने देखिएको छ । यो मञ्चमा पहिलो पटक पवार सहभागी हुने भएका छन् । भिडियो कन्फ्रेन्सिङको यो बैठकले आगामी निर्वाचनमा यो मञ्चलाई तेस्रो मोर्चाको रूपमा खडा गर्ने प्रयास गरिने देखिएको छ ।

गत १५ यता पवार किशोसँग दुई पटक भेटिसकेका छन् । मंगलबार हुने बैठकमा फारूक अब्दुल्ला, यशवन्त सिन्हा, पवन वर्मा, संजय वर्मा, संजय सिंह, डी राजा, जस्टिस एपी सिंह, जावेद अख्तर, केटीएस तुलसी, करण थापर, आशुतोष, एडवोकेट मजीद मेमन, वंदना चवन, पूर्व चीफ इलेक्शन कमिश्नर एसवाई कुरैशी, केसी सिंह, संजय झा, सुधींद्र कुलकर्णी, कोलिन गोंजाल्विस, इकोना‘मिस्ट अरुण कुमार, घनश्याम तिवारी रर प्रीतीश नंदी सहभागी हुने भएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस