कोरोना उत्पत्ति छानबिनको अनुमति दिन वा एक्लिन तयार हुन चीनलाई चेतावनी
काठमाडौ । अमेरिकाले चीनलाई कोरोना उत्पत्ति छानबिन गर्न डब्लुएचओ नेतृत्वको अर्को टोलीलाई अनुमति दिन वा एक्लन तयार हुन चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनका सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनलाई यस्तो चेतावनी दिएका हुन् ।
फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा कोरोना उत्पत्तिबारे छानबिन गर्न डब्लुएचओको अर्को अनुसन्धान टोलीलाई अनुमति दिनुपर्ने बताए ।अमेरिकाका सहयोग देशहरू जी सेभनका सदस्य देशहरूले यसका लागि चीनमाथि दबाब बनाइरहेका छन् ।
जी सेभनको बैठकबाट अमेरिकाले चीनलाई एक्ल्याउने गरी विभिन्न किसिमको परियोजना तथा योजना निर्माण गर्न लगाएको छ ।
जी सेभनको बैठक, नेटोको बैठक र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति बाइडनले भेटवार्ता गरेपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले यस्तो चेतावनी सार्वजनिक गरेका हुन् ।
जी सेभनको निर्णयहरू प्रति चीनले आपत्ति प्रकट गरेको छ । चीनले डब्लुएचओ नेतृत्वको सुरुआती छानबिन प्रति प्रतिबद्धता जनाउँदै अमेरिकाको कोरोना उत्पत्ति सम्बन्धी माग बारे आपत्ति जनायो ।
हालै मात्रै कोरोना उत्पत्तिका बारेमा अमेरिकामा पनि अनुसन्धान हुनुपर्ने माग चीनले गरेको छ । चीनले गरेको माग पछि अमेरिकी सल्लाहकारको यस्तो चेतावनी आएको हो ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking