Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

टोकियो ओलम्पिकमा दश हजार जापानी दर्शकहरूलाई अनुमति


काठमाडौ । टोकियो ट्वेन्टीट्वेन्टी ओलम्पिकमा १० हजार जापानी प्रशंसकहरूलाई अनुमति दिइने भएको छ ।

महामारीका लागि ढिला भइ हुन लागेको टोकियो ट्वेन्टी ट्वेन्टीमा देश बाहिरबाट आउने दर्शकहरूका लागि अहिलेसम्म प्रतिबन्ध लगाइएको छ ।

तर जापानका दश हजार दर्शकहरूलाई अनुमति दिइने भएको हो ।

ओलम्पिक आयोजना हुने स्थलमा रहेको सिट क्षमताको ५० प्रतिशत ननाघिने गरी दर्शकहरूलाई खेल हेर्न अनुमति दिइने भएको हो ।

दर्शकहरूलाई कराउन वा ठूलो स्वरमा बोल्न अनुमति हुने छैन् । रंगशालामा बसिरहेका बेला अनुहारमा मास्क लगाउै पर्ने हुन्छ ।
सन् २०२०मा हुने टोकियो ट्वेन्टीट्वेन्टी जुलाई २३मा सुरु हुने भएको छ । यो अगस्ट २४सम्म चल्ने छ ।

पारालिम्पिकका दर्शकहरूको संख्या बारे १६ जुलाइमा तय गरिने अन्तर्राष्ट्रिय ओलम्पिक समिटि आइओसी र अन्तर्राष्ट्रिय पारालिम्पिक समिति आईपीस, टोकियो ट्वेन्टी ट्वेन्टी आयोजक समिति, टोकियो मेट्रोपोलिटिन र जापान सरकारसमेतको तर्फबाट जारी संयुक्त विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

जापानका स्वास्थ्य विज्ञहरूले दर्शक बिना खेलकुदको आयोजना गरिने कम जोखिमको विकल्पमा ध्यान दिन सल्लाह दिएका थिए ।

जापान भित्र र बाहिरबाट आउने दर्शकहरूको देशमा पनि महामारी संक्रमणको समस्या भएको विभिन्न विकल्पहरूका बारेमा छलफल भइरहेको आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले जनाएका छन् ।

जापानमा महामारी संक्रमण बढेकाले प्रधानमन्त्री योशिहिदे सुगाले जनतालाई खेलकुद घरमै टेलिभिजनबाट हेर्ने विकल्पमा ध्यान दिन आग्रह गरेका थिए

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट