Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी लगानीकर्ताहरूले आर्थिक नाकाबन्दीका बाबजुत रुसमा लगानी बढाए

अमेरिकी लगानीकर्ताहरूले आर्थिक नाकाबन्दीका बाबजुत रुसमा लगानी बढाए


काठमाडौ ।अमेरिकी व्यवसायीहरूले आर्थिक नाकाबन्दीका बाबजुत रुसमा लगानी बढाएको पाइएको छ ।

अमेरिका क्यानाडा रुसी विज्ञान प्रतिष्ठानका निर्देशक भ्यालरी गर्बुजोभले यस्तो बताएका छन् ।

“ रुसी अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रका समग्र उद्योग तथा व्यवसायको क्षेत्रमा आर्थिक नाकाबन्दीले ठूलो धक्का दिएको छ। ती क्षेत्रमा अमेरिकी लगानीकर्ताहरूले लगानी लगाउन छोडेर अन्य क्षेत्रमा लगानीको अवसर खोजिरहेका छन ।

परिणामस्वरूप अमेरिकी लगानी यो अवधिमा रुसम बढेको छ ” गार्बुजोभले इजभेस्तिया सूचना केन्द्रमा आयोजित एक अन्तर्वार्तामा बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडनसँगको भेट पछि अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिनले शिखर सम्मेलन पछि अमेरिकाले आर्थिक नाकाबन्दी लगाए उसले अर्को अवसर गुमाउने चेतावनी दिएका थिए ।

गत साता पुटिनले रसिया वान न्युज च्यानलमा दिएको अन्तर्वार्तामा अमेरिकाका व्यापारिक कम्पनीहरूले रुससाग मिलेर काम गर्न चाहेको तर अमेरिकी नीतिले उनीहरूलाई रोकिरहेको बताएका थिए ।

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस