Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

स्वदेश फर्काएका अमेरिकाका लागि रुसी राजदूत तीन महिना पछि फेरि अमेरिकामा


काठमाडौ । अमेरिका र रुस बिचको तनाव बढेपछि स्वदेश फर्काइएका अमेरिकाका लागि रुसी राजदूत एनातोली एन्तोनोभ तीन महिना पछि फेरि अमेरिकाको राजधानी वासिंटन फर्केका छन् ।

न्युयोर्कमा विमानबाट आइतबार अवतरण गरेका राजदूत वासिंटन तर्फ हिँडेका थिए ।

रुसको विमान सेवा एयरोफ्लोतको नियमित उडानमा बस्न अघि राजदूत एन्तोनोभले दुई देश बिचको समान व्यवहारिक दुई पक्षीय सम्बन्ध बनाउन एक अवसर उपलब्ध भएको बताए ।

एन्तोनोभलाई रुसले मध्य मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हत्यारा भनेपछि फिर्ता बोलाएको थियो ।

त्यसपछि रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले रुसबाट फर्काइएका थिए ।

हालै दुवै राष्ट्रपति बिच जेनेभामा भएको शिखर वार्तामा दुवै देशले कुटनीतिज्ञहरूलाई एक अर्काको देशमा फर्काउने सहमति गरेका थिए ।

अमेरिकी दूतावासको ट्वीटरमा रुसका लागि अमेरिकी राजदूत सुलिभानले पनि मस्कोमा आफ्नो कार्यभार छिट्टै सम्हाल्ने भनाइ सार्वजनिक गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट