Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

फ्रान्सको क्षेत्रीय निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष दुवै असफल हुने सुरुआती सर्वेक्षण


काठमाडौं । फ्रान्समा राष्ट्रपति इम्मानुएल म्याक्रोन र उनका प्रतिपक्षी म्यारिन ले पेन दुवै पहिलो चरणको निर्वाचनमा असफल हुने सुरुआती सर्वेक्षण परिणामले देखाएको छ ।

म्याक्रोनको मध्यपन्थी पार्टीलाई दोस्रो चरणमा जान चाहिने भन्दा करिब १० प्रतिशत मत कम मात्र आउने देखिएको छ ।

म्याक्रोन पार्टीका सांसद अउरोर बर्गले हालैमा उनलाई चड्कन लागेकोले यस्तो देखिएको बताएका छन् ।

ले पेनको चरम दक्षिणपन्थी नेसनल ¥याली पार्टीले दोस्रो चरणमा जानका लागि आवश्यक मत नपाउने देखाएको छ।

उम्मेदवारको रूपमा ले पेनले नभइ चुनावी अभियानको अुवाई गरिरहेकी छिन् ।

सरकारले गरेको गतिविधिका कारण राजनीतिक प्रतिष्ठानहरू प्रतिको विश्वास जनतामा घटेको उनले बताइन् ।

फ्रान्समा १३ मुख्य क्षेत्रमा नयाँ परिषदहरूका लागि चुनाव हुने भएको छ । साथै ९६ डिपार्टमेन््टसको हुने निर्वाचनमा ४ हजार १सय सिटका लागि १ लाख ५७ हजार उम्मेदवारले भाग लिरहेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट