चीनको उत्तर पश्चिममा प्राकृतिक तेल तथा ग्यासका दुई भण्डार फेला परेको घोषणा
काठमाडौं ।चीनले शेल आयल र ग्यासका दुई अर्ब टन बराबरका दुई भण्डार फेला पारेको घोषणा गरेको छ ।
चीनको राष्ट्रिय पेट्रोलियम कर्पोरेसनले यस्तो जनाएको हो ।
फुमान तेल मैदानमा तेलका कुवाँहरू फेला परेकाछन् । चीनकोउत्तरपश्चिममा पर्ने सिनजियाङ उगुर स्वायत्त क्षेत्रमा रहेको तारिम बेसिनमा कच्चा तेलको उत्पादन क्षेत्र फेला परेको हो ।
यस क्षेत्रमा एक अर्ब टन तेल र ग्यास भण्डार रहेको छ ।
समुद्रको ८ हजार ५सय मिटरको गहिराईमा र ५५० मिटर गहिराईमा तेल ग्यासको भण्डार रहेको छ ।
चालिस लाख टन तेल र ४९.४ अर्ब घनफिट प्राकृतिक ग्यास सन् २०२५ अघि वर्सेनी उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ ।
यसै गरी ८ हजार मिटरको गहिराईमा तेल ग्यासको भण्डार रहेको पाइएको छ ।
सन् २०१५मा यो फेला परेको थियो । वार्षिक ३० हजार टनदेखि १५ लाख २०हजार टनसम्म उत्पादन हुने क्षेत्रको रूपमा विकास भयो । सन् २०२१ देखि २० लाख टनको उत्पादन हुने अपेक्षा गरिएको थियो ।
अर्को भण्डारण ओर्डोस बेसिनमा चीनको उत्तरपश्चिममा फेला परेको छ । यहाँ शेल आयल अर्बौ टन बराबरको भण्डार रहेको अनुमान गरिएको छ । यो क्षेत्रमा शेल आयलको यो सबैभन्दा ठूलो क्षेत्र मानिएको हो ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking