Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति बाइडनको कुकुर च्याम्पको मृत्युको खबर अमेरिकी मिडियामा

अमेरिकी राष्ट्रपति बाइडनको कुकुर च्याम्पको मृत्युको खबर अमेरिकी मिडियामा


काठमाडौ । अमेरिकाका प्रमुख सञ्चार माध्यमहरूमा अमेरिकी राष्ट्रपति जो बाइडनको कुकुरको मृत्युको खबर व्यापक भएको छ ।

अमेरिकी राष्ट्रपति बाइडन र प्रथम महिा जिल बाइडनले तिनका प्यारो कुकुरो जर्मन शेफर्ड च्याम्पको मृत्यु भएकोमा दुख व्यक्त गरेका छन् ।

ट्वीटरमा राष्ट्रपति बाइडनले सधैं सम्झिरहने छु भने एक अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

अमेरिकाको राष्ट्रपति कार्यालयमा बसिरहेका दुई जर्मन शेफर्डमा एक च्याम्प थिए । उपराष्ट्रपति बनेका बेला पनि च्याम्प राष्ट्रपति भवनमा बसेको थियो ।

हाम्रो परिवारको सुख दुखमा साथ दिने च्याम्पलाई हामी सधैं सम्झिरहने उनीहरूले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

तीन वर्ष उमेर भएका बेला बाइडनले च्याम्प र मेजरलाई सन् २००८मा लिएका थिए । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा ह्वाइट हाउसबाट निक्लेको च्याम्प बाइडन राष्ट्रपति बनेपछि फर्केको थियो ।

मार्चमा अर्को कुकुर मेजरले दुई जनालाई टोकेपछि उसलाई घर फर्काइएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस