Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइरानको राष्ट्रपतिमा निर्वाचित इब्राहिम रइसी खतरा हुने इजरायलको चेतावनी

इरानको राष्ट्रपतिमा निर्वाचित इब्राहिम रइसी खतरा हुने इजरायलको चेतावनी


काठमाडौ । इरानको राष्ट्रपति पदमा निर्वाचित हुने इब्राहिम रइसी अन्तर्राष्ट्रिय समुदायका लागि खतरा हुने इजरायलले चेतावनी दिएको छ ।

इराजरायलको विदेशमन्त्रालयका एक प्रवक्ता लिओर हाइअतले इरानका सर्वाधिक कट्टरराष्ट्रपतिको रूपमा रइसीको विजय भएको बताएका छन् ।

रइसीले इरानको परमाणु गतिविधिलाई बढाउने समेत इजरायली प्रवक्ताले बताए ।

इरानको निर्वाचनमा राष्ट्रपति पदका चार उम्मेदवार मध्ये इब्राहिम रइसीले जित हात पारेको शनिबार घोषणा गरिएपछि इजरायलले यस्तो प्रतिक्रिया सार्वजनिक गरेको हो ।

चरम रूढीवादी विचार बोक्ने इरानका शीर्ष न्यायाधीशले अगस्टमा पदभार सम्हाल्ने भएका छन् । अमेरिकाले लगाएको नाकाबन्दीको सूचीमा रइसी पनि रहेका छन् ।

क्रान्तिकारी र भ्रष्टाचार विरोधी काम गर्ने उनले मिडियालाई जनाएका छन् ।

इजरायल र इरान दुवै एक अर्काका कट्टर शत्रु देश रही आएका छन् ।

अमेरिकाले इरानी नेताको विजयप्रति दुःख व्यक्त गरेको छ ।

रइसीको जित प्रति रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तत्काल बधाइ व्यक्त गरेका थिए । दुई देश बिचको असल तथा मैत्रीपूर्ण छिमेकी सम्बन्धको विस्तार हुने विश्वास पुटिनले व्यक्त गरेका छन् ।

यसका अतिरिक्त सिरिया, इराक, टर्की र युएइका नेताहरूले यस्तै बधाई दिएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस