Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियपुटिन पछि चिनियाँ राष्ट्रपति सीसँगको शिखर सम्मेलन खोज्दै बाइडन

पुटिन पछि चिनियाँ राष्ट्रपति सीसँगको शिखर सम्मेलन खोज्दै बाइडन


काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सी चिनिफिङसँगको शिखर सम्मेलनको प्रयास गरिरहेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर सम्मेलन पछि बाइडनले चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्ताका लागि इच्छुक देखिएका हुन् ।

राष्ट्रपति बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले यस्तो संकेत गरेका छन् ।

पत्रकारहरूसँगको कुराकानीमा सुलिभानले बाइडनले चिनियाँ राष्ट्रपति सीसँग अर्को वार्ता गर्न खोजेको बताए ।

पुटिनसँगको भेट जस्तै सीसँग भेट्न चाहेको बाइडनले बताएको सुलिभानले जनाएका थिए ।

राष्ट्रपति सीसँगको भेटका लागि उचित अवसरको खोजी बाइडनले गरिरहेका छन् ।तर यसबारे अहिले केही भइनसकेको पनि उनले जनाए ।तर सुलिभानले सक्दो छिट्टो दुवै राष्ट्रपति भेट्न पाउने गरी काम गरिरहेको जनाए ।

अक्टोबर महिनामा हुने जीट्वेन्टीको शिखर सम्मेलनमा बाइडन र सी भेट्न अघि दुवै नेता शिखर शिखर सम्मेलनको आयोजनाका लागि अमेरिकी अधिकारीहरू क्रियाशील रहेका छन् ।

जी सेभनको शिखर सम्मेलन, नेटोका अध्यक्षता गरी बाइडनले जेनेभामा पुटिनसँग भेटेका थिए । चीनालाई एक्ल्याउने गरी आफ्ना सहयोगीको समर्थन लिएर बाइडनले सीसँग भेट्न खोजेका हुन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस