Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअस्ट्राजेनेकाद्वारा युरोपियन युनियनसँगको खोप आपूर्तिसम्बन्धी मुद्दा जितेको दाबी

अस्ट्राजेनेकाद्वारा युरोपियन युनियनसँगको खोप आपूर्तिसम्बन्धी मुद्दा जितेको दाबी


काठमाडौ । खोप बनाउने कम्पनी अस्ट्राजेनेकाले युरोपियन युनियनसँगको खोप आपूर्तिसम्बन्धी मुद्दा जितेको दाबी गरेको छ ।

कोभिड–१९ खोपको आपूर्ति जुन अन्त्यसम्म गर्ने भनी सहमति गरेर पनि नगर्ने जनाएको विषयमा भएको विवाद समाधान मुद्दामा अस्ट्राजेनेकाले मुद्दा जितेको हो ।

युरोपियन युनियन र अस्ट्राजेनेका बिचको यो मुद्दा ब्रसेल्समा चलेको थियो ।

कम्पनीले सोही मितिमा ३० करोड खोपको मात्रा आपूर्ति गर्ने प्रतिबद्धता जनाएको थियो । यसमा ढिलाइ गरेको भनी कम्पनी विरूद्ध मुद्दा दायर गरिएको थियो ।

युरोपियन युनियन र औषधि बनाउने कम्पनी दुवैले शुक्रबारको अदालतको आदेश पछि आपसी छलफल गरेका छन् । ब्रसेल्सको अदालतले दिएको फैसलालाई अस्ट्राजेनेकाले स्वागत गरेको छ ।

अदालतले अस्ट्राजेनेका लागि २७ सेप्टेम्बरसम्म ८ करोड २ लाख मात्रा आपूर्ति गर्न आदेश दिएको छ । आपूर्ति गर्न नसके कम्पनीले प्रति मात्रा १० युरो जरिवाना तिर्नुपर्ने फैसलामा भनिएको छ ।

जुनको अन्त्यसम्म १२ करोड खोप मात्रा आपूर्ति गर्नै पर्ने युरोपियन युनियनको दाबीलाई अदालतले स्वीकार गरेन् ।
अस्ट्रेजेनेकाले ७ करोड मात्रा भन्दा बढी मात्रा युरोपियन युनियनलाई आपूर्ति गरिसकेको जनाएको थियो ।

युरोपियन युनियनले अधिक मात्रा जुनको अन्त्यतिर ८ करोड २ लाख खोपको मात्रा दिन भनेकोमा कठिनाइ भएको कम्पनीले जनाएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस