Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियएसियाली खेलमा चार पटक गोल्ड मेडल जित्ने भारतका चर्चित धावक मिल्खा सिंहको कोरोनाबाट मृत्यु

एसियाली खेलमा चार पटक गोल्ड मेडल जित्ने भारतका चर्चित धावक मिल्खा सिंहको कोरोनाबाट मृत्यु


काठमाडौं । भारतका चर्चित धावक मिल्खा सिंहको कोरोनाभाइरसबाट मृत्यु भएको छ । कोरोनाका कारण एक महिना देखि बिरामी परेका मिल्खाको शुक्रबार राति मृत्यु भएको हो ।

सोही अवधिमा उनकी पत्नी तथा भारतको राष्ट्रिय भलिबलका पूर्व क्याप्टेन निर्मल कौरको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।

उनकी पत्नीको मृत्यु आइतबार भएको थियो ।

सन्१९६०मा रोममा आयोजित ओलम्पिकको चार सय मिटर दौडमा चौथो भएका थिए । उनले ओलम्पिकमा सन् १९५६,१९६० र १९६४ गरी तीन पटक भारतको प्रतिनिधित्व गरेका थिए ।

पद्यम श्री सम्मानबाट सम्मानित ९१ वर्षीय मिल्खाको मृत्युपछि उनको परिवारमा गोल्फ खेलाडी छोरा जीव मिल्खा सिंह र तीन छोरी छन् ।

उनको जीवनमा आधारित भाग मिल्खा भाग हिन्दी सिनेमा बनेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस