डब्लुटीओले बौद्धिक सम्पत्ति अधिकार हटाउने बारे जुन ३० देखि छलफल गर्ने

काठमाडौ । विश्व व्यापार संगठन डब्लुटीओले कोरोनाभाइरस खोप माथिको बौद्धिक सम्पति अधिकार (ट्रिप्स)हटाउन भनी भारत र दक्षिण अफ्रिकाको तर्फबाट प्रस्तुत गरेको प्रस्तावमाथिको छलफल जुन ३० देखि छलफल सुरु गर्ने भएको छ ।
बिहीबार बसेको ट्रिप्स काउन्सिलको एक अनौपचारिक बैठकबाट यस्तो निर्णय गरिएको छ ।
अधिकारीहरूका अनुसार यस विषयको पहिलो चरणको छलफल गर्ने निर्णय गरिएको हो । कोभिड–१९को खोप र यससम्बन्धित चिकित्सासम्बन्धी उत्पादनमाथिको बौद्धिक सम्पत्ति अधिकार हटाएर खोपको द्रुतगतिमा समानारूपले वितरण गर्न पाउने विषयमा यसका सदस्य देशहरू बिच मतभेदहरू अझ रहेका छन् ।
युरोपियन युनियन र अन्य केही देशहरूले भारत र दक्षिण अफ्रिकाको तर्फबाट प्रस्तुत गरिएको सो प्रस्तावमाथिको असहमति कायम छ ।
अमेरिकाले बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सो प्रस्तावमाथि छलफल गर्ने विषयमा भएको ढिलाई प्रति चिन्ता व्यक्त गरिएपछि डब्लुटीओको अनौपचारिक बैठकबाट यस्तो निर्णय गरिएको द इकोनोमिक्स टाइम्सले यस्तो समाचार छापेको छ ।
यो छलफल जुलाई ६, १४ र २०सम्म निरन्तर गर्ने भएको छ । यसका लागि पहिलो बैठक जुन ३०मा सुरु गरिनेछ छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया