Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइरानमा शुक्रबार नयाँ राष्ट्रपतिका लागि मतदान

इरानमा शुक्रबार नयाँ राष्ट्रपतिका लागि मतदान


काठमाडौं । इरानमा नयाँ राष्ट्रपतिका लागि शुक्रबार मतदान हुने भएको छ । चार उम्मेदवार मध्ये जित्नेले वर्तमान राष्ट्रपति हसन रुहानीको उत्तराधिकारीको रूपमा पद बहाली गर्ने भएका छन् ।

न्यायालयका प्रमुख भइ काम गरिसकेका शिया मुसलमानका रूढीवादी नेता इब्राहिम राइसीले स्पस्ट बहुमत प्राप्त गर्ने अहिलेसम्म सार्वजनिक मत सर्वेक्षण परिणामले जनाएका छन् ।

सुधारवादी नेताको रूपमा बैंक गभर्नर अब्दोलन्सार हेमाती उनको प्रमुख प्रतिस्पर्धी देखिएका छन् ।

केही विद्रोही र सुधारवादीले यो चुनाव बहिष्कार गर्ने जनाएका छन् । अमेरिकी नाकाबन्दीको समस्यासँग जुधिरहेको इरानमा सुधारवादी नेतृत्वको खाँचो भएको कतिपयको भनाइरहेको छ ।

चुनावमा कट्टपन्थी नेता चुनावमा जिते भिएनामा इरान र विश्वका शक्ति देशहरूसँग भइरहेको परमाणु सम्झौता वार्ता खतरामा पर्न सक्ने अपेक्षा गरिएको छ ।

रुहानीले पश्चिमा देशहरूसँगको सम्बन्ध विकास गरी विकास गर्न खोजेका छन् । उनले लगातार दुई पदावधि पूरा गरेकाले फेरि चुनावमा उठन नपाएका हुन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस