Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा जुन १९ लाई सर्वाधिक नयाँ राष्ट्रिय बिदा दास मुक्ति दिवस मनाइँदै

अमेरिकामा जुन १९ लाई सर्वाधिक नयाँ राष्ट्रिय बिदा दास मुक्ति दिवस मनाइँदै


काठमाडौ । अमेरिकामा सर्वाधिक नयाँ राष्ट्रिय बिदा दास मुक्ति दिवस विभिन्न कार्यक्रम मनाउन लागिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले दास मुक्ति दिवससम्बन्धी नयाँ कानुन द जुनेन्टीन्थ नेसनल इन्डिपेन्डेन्स डे एक्टमा हस्ताक्षर बनाएर कानुन बनाए पछि जुन १९लाई नयाँ दास मुक्ति दिवस राष्ट्रिय बिदाको रूपमा मनाउन लागिएको हो ।

हस्ताक्षर गरी कानुन बनाइ दिएको बेला राष्ट्रपति बाइडनले भने “ म केही महिना देखि राष्ट्रपति भइआएको छु तर म सोच्छु मेरा लागि यसबाट पाउने राष्ट्रपतिको गरिमा सबै भन्दा बढी मध्ये एक हुने छ ।”

१९ जुन १८६५ उत्तरी अमेरिकाले दासत्वको विषयमा लडिएको गृहयुद्धमा दक्षिणलाई पराजित गरेको महिनौ पछि ग्लाभेस्टन, टेक्सासका अफ्रिकी अमेरिकीहरूलाई दासत्वबाट मुक्त गरिएको दिन हो ।

जुन र नाइन्टीन्थ दुवैलाई जोडेर जुनेन्टीन्थ यो दास मुक्ति दिवसलाई जनाउन बनाइएको हो ।

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले अढाइ वर्ष पछि टेक्सासमा मुक्त भएका दासहरूका लागि बनेको विधेयकमा हस्ताक्षर गरी ३५ लाख भन्दा बढी बँधुवाहरूलाई मुक्त घोषणा गर्ने कानुन बनाएका थिए ।

यो घोषणाले अमेरिकाका अन्तिम राज्यको रूपमा टेक्सासलाई दासत्वबाट मुक्त गरिएको थियो ।

दासत्व मुक्ति दिवसलाई बिदाको रूपमा मनाउने गरी कानुन बाराक ओबामा राष्ट्रपति बन्दा पनि बनेको थिएन् ।

यो वर्ष नाइक, उबर, ट्वीटर लगायत धेरै कम्पनीहरूले जुन १९को दिनलाई ज्याला सहितको बिदा दिने निर्णय गरेका छन् ।

न्युयोर्क र भर्जिनियाले पनि राज्य कर्मचारीहरूका लागि बिदाको घोषणा गरेका छन् ।

बुधबार अमेरिकाको प्रतिनिधि सभाले १४का विरूद्ध ४१५ जनाले राष्ट्रिय बिदाको रूपमा यो कानुन पारित गरेपछि बाइडनले हस्ताक्षर बनाएर कानुन बनाइदिएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस