अमेरिकी सर्वोच्च अदालतले किफायती स्वास्थ्य हेरचाह कानुनको पक्षमा फैसला दियो
काठमाडौ । अमेरिकाको सर्वोच्च अदालतले सबै अमेरिकहरूका लागि किफायती स्वास्थ्य बिमा उपलब्ध गराउने कानुनको पक्षमा फैसला दिएको छ ।
टेक्सास प्रान्त र अन्य १७ जन रिपब्लिकन शासित प्रान्तको तर्फबाट यो कानुनलाई चुनौती दिउको मुद्दामा सर्वोच्चले यो फैसला दिएको हो ।
सन् २०१०यता किफायती हेरचाह कानुन खारेज गर्ने प्रयासबाट तेस्रो पटक जोगिएको छ। यो कानुन पूर्व राष्ट्रपति बराक ओबामाले हस्ताक्षर गरी कानुन बनाएका थिए ।
यो कानुनले न्यून आम्दानी हुने करोडौं अमेरिकीहरूलाई चिकित्सा बिमा उपलब्ध गराउँछ ।
यो फैसला सर्वोच्चका ९ न्यायाधीशहरू मध्ये २ का विरूद्ध ७ जनाको बहुमतले गरिएको हो ।
यो कानुन हटाउन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अदालतमा चुनौती दिइइएको थियो ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking