इराक युद्धमा अमेरिकी सेना पठाउने कानुन भंग गर्ने विधेयकमाथि अमेरिकी संसदमा मतदान
काठमाडौ ।अमेरिकाको प्रतिनिधि सभाका सदस्यहरूले सन् २००३मा इराकमाथि आक्रमण गर्न र तत्कालीन शासक सद्दाम हुसेनलाई अपदस्त गर्ने गरी सन् २००२मा बनाइएको कानुन खारेज गर्ने विषयमा मतदान गर्ने भएका छन् ।
इराक आक्रमणका लागि अथराइजेसन फर युस अफ मिलिटरी फोर्स अगेन्स्ट इराकलाई समाप्त पार्न बिहीबार अमेरिकी सदनमा मतदान हुने भएको छ ।
सिनेटमा बहुमत दलका नेता चुक स्कुमरले सिनेटलाई यो कानुन खारेज गर्न सहयोगको अपिल गरेका छन् ।
बुधबार उनले यो कानुनको अब सन् २०२१मा आवश्यकता रहेको बताएका थिए । साथै उनले यसमा समर्थन दिनु भनेको अमेरिकाले इश्लामिक इस्टेट विरूद्धको लडाइँ अमेरिकाले छोडको अर्थ नलाग्ने बताएका थिए ।
यो कानुनले अमेरिकालाई ११ सेप्टेम्बर २००१मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा गरिएको आक्रमण पछि शत्रु विरूद्धको आक्रमण गर्न अनुमति दिएको थियो ।
सांसदहरूले यो प्रस्तवको पक्षमा मतदान गर्ने बताइसकेका छन् ।
इराक विरूद्धको युद्धमा सहभागी भएका अमेरिकी सेना हाल रिपब्लिक पार्टीका सांसद पिटर मिजरले यो विधेयकको पक्षमा मतदान गर्ने बताएका छन् ।
अन्य रिपब्लिकन सांसदहरूले यो विधेयकको विपक्षमा मतदान गर्ने जनाएका छन् ।
दुवै सदनबाट यो विधेयक पारित गर्नुपर्ने हुन्छ । सिनेटमा ६० मत आवश्यक हुने छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #hot