Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

ब्ल्याक होल ठूलो मात्र हुने हाकिङको भनाइ नयाँ अध्ययनबाट सत्य साबित


काठमाडौ । चर्चित वैज्ञानिक स्टिफन हाकिङले सन्१९७०मा अन्तरिक्षका काला क्षिद्रहरू (ब्ल्याक होल) समयको अन्तरालमा बढ्दै जान्छ घट्न सक्दैन भनी दिएको सिद्धान्त हालै सार्वजनिक भएको नयाँ अध्ययनबाट सत्य साबित भएको छ ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नलजि र कोर्नेल युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको अनुसन्धान परियोजनाबाट यो साबित गरेका हुन् ।

उनीहरूले स्पेस टाइममा दुई ब्ल्याक होलहरू आफैमा बढ्दै गएर एक आपसमा विलय भएर एक ठूलो ब्ल्याक होलको रूपमा निर्माण भएबाट यो साबित भएको छ ।

ब्ल्याक होलका घेराहरूको अध्ययन गरिए अनुसार पहिलो गुरुत्वाकर्षण तरङ पहिले सन् २०१५मा एडभान्स्ड लेसर इन्तरफरमिटर ग्रयाभिटेसनल वेभ अब्जरभेटरीद्वारा पहिचान गरिएको थियो ।

विलय भएका दुई ब्ल्याक होल भन्दा बनेको यो नयाँ ब्ल्याक होल धेरै ठूलो भएको भौतिकशास्त्रीहरूले बताएका छन् ।

सन् १९७०को दशकमा वैज्ञानिक स्टिफन हकिङले ब्ल्याक होल खुम्चिन सक्दैन समयको अन्तरालमा यसको सतह क्षेत्र मात्र बढ्ने गरेको पूर्वानुमान सत्य साबित भएको हो ।

ब्ल्याक होलको सतह आफैमा बढ्ने छैन तर जब यसमा कुनै वस्तु खस्छ र यसले पिण्डमा वृद्धि हुन्छ भने त्यस अनुसार यसको सतह क्षेत्र वृद्धि हुने अध्ययन हकिङले भनेका छन् ।

यो प्रस्थापना पनि अल्बर्ट आइन्स्टिनको सापेक्षताको सामान्य सिद्धान्तबाट निस्केको हो । ब्ल्याक होल र गुरुत्वाकर्षण तरङ बिचको सम्बन्धलाई आइन्स्टिनको व्याख्याबाट यो सिद्धान्तको विकास गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट