Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

रुसका लागि पुटिन बाइडन भेट शत्रुदेशको सूचीबाट अमेरिका हटाउने कारण होइन


काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच भएको सौहार्दपूर्ण भेट हुँदैमा रुसले अमेरिकालाई शत्रुदेशको सूचीबाट तत्काल नहटाउने देखिएको छ।

स्विट्जरल्यान्डको जेनेभामा बुधबार पुटिन र बाइडन बिचको शिखर सम्मेलन सौहार्दपूर्ण हुँदैमा रुसले अमेरिकाले शत्रुदेशको सूचीबाट अमेरिकालाई हटाउने कारण नभएको जनाएको हो ।

जेनेभाको जेनेभा ताल निकट १८औं शताब्दीको ऐतिहासिक भवन भिला ला ग्रान्जमा दुवै नेता बिच भएको भेटलाई दुवै नेताले सकारात्मक भनेका थिए ।

रुसको राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले “ शिखर सम्मेलन शत्रु देशको सूचीबाट अमेरिकालाई हटाउने कुनै कारण अहिले छैन ।”

रुसले मेमा जारी गरेको सो सूचीमा दुई देश चेक रिपब्लिक र अमेरिका रहेका छन् ।

गत साता रुसका उपविदेशमन्त्री सर्जेइ रेबाकोभले अमेरिकाले रुस विरूद्धका शत्रुतापूर्णनीति र रुसको आन्तरिक मामिलामा हस्तक्षेप गर्न रोके मात्र अमेरिकालाई यो सूचीबाट हटाइने बताएका थिए ।

साथै गत साता रुसको विदेशी गुप्तचर सेवाका निर्देशक सर्जेइ नारिस्किनले रुसले शत्रु देशको सूची लामो होइन छोटो पार्न खोजेको बताएका थिए ।

शिखर सम्मेलनको बैठक पछि पुटिन र बाइडन दुवैले आआफ्ना राजदूतलाई एक अर्काका देशमा फर्काउन र हतिहयार घटाउने सम्बन्धी सन्धी स्टार्ट थ्रीको बारेमा निरन्तर परामर्श गर्ने बताएका थिए ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका मुख्य महामारी वैज्ञानिक जेङ गुआङले कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी अनुसन्धान अब अमेरिका तर्फ मोडिनुपर्ने बताए । जैविक हतियारसम्बन्धी जुनसुकै विषयगत जानकारी राख्ने देशसँग यसबारे अनुसन्धान हुनुपर्ने उनले जनाए ।

बुधवार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले कोभिड–१९को प्रकोपका कतिपय मूल थिए र अब अन्य देशहरूले विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई सहयोग गर्नुपर्ने बताए ।
पछिल्लो अध्ययनमा सार्स कोभ टु सेप्टेम्बरको सुरुआतमा युरोप भर फैलिएको सम्भावना व्यक्त गरिएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट