Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचीनले कोरोनाभाइरस उत्पत्तिबारे अमेरिकालाई सोध्न भन्यो

चीनले कोरोनाभाइरस उत्पत्तिबारे अमेरिकालाई सोध्न भन्यो


काठमाडौ । कोरोनाभायरसको उत्पत्तिको बारेमा चीनले अमेरिकासँग सोध्नुपर्ने सवाल खडा गरेको छ ।

कोरोनाभाइरसबाट संक्रमितको पहिलो पहिचान चीनको उहानमा फेला परेको थियो ।

हालै अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर संस्थाहरूलाई कोरोनाको उत्पत्तिबारे प्रतिवेदन ९० दिन भित्र बुझाउन भनेयता यो विवाद फेरि एकपटक चर्चामा आएको छ ।

अमेरिका र उसका सहयोगीहरूले कोरोना चीनले फैलाएको आरोप लगाइरहेका बेला चीनले कोरोनाको उत्पत्तिबारे अमेरिकाले सोध्नुपर्ने अडान सार्वजनिक गरेको छ ।

चीनका एक वरिष्ठ रोग विशेषज्ञले कोरोना उत्पत्तिका बारेमा अमेरिकासँग सोधपुछ गर्नुपर्ने बताएका छन् ।

बिहीबार चिनियाँ सञ्चार माध्यमहरूले अमेरिकामा कोरोनाभाइरस सन् २०१९को डिसेम्बरमा फैलिसकेको जनाएका छन् ।

युएस नेसनल इन्स्टिच्युट फर हेल्थले यो साता सार्वजनिक अध्ययबाट कोरोनाको पहिलो मामिला फेला पर्न कतिपय साता पहिले अमेरिकाका पाँच भिन्न राज्यमा कम्तीमा सात जनाको कोरोनाभाइरसबाट संक्रमित भएको देखिन्छ ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका मुख्य महामारी वैज्ञानिक जेङ गुआङले कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी अनुसन्धान अब अमेरिका तर्फ मोडिनुपर्ने बताए । जैविक हतियारसम्बन्धी जुनसुकै विषयगत जानकारी राख्ने देशसँग यसबारे अनुसन्धान हुनुपर्ने उनले जनाए ।

बुधवार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले कोभिड–१९को प्रकोपका कतिपय मूल थिए र अब अन्य देशहरूले विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई सहयोग गर्नुपर्ने बताए ।

पछिल्लो अध्ययनमा सार्स कोभ टु सेप्टेम्बरको सुरुआतमा युरोप भर फैलिएको सम्भावना व्यक्त गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस