चीनले अन्तरिक्ष केन्द्र निर्माणका लागि मानिस सहित पहिलो यान पठायो
काठमाडौ । चीनले बिहीबार मानिससहितको अन्तरिक्ष यान शेन्झाउ बाह्रौंको सफल प्रक्षेपण गरेको छ ।
तीन महिने अभियानको क्रममा तीन जना अन्तरिक्ष यात्री तियान्हे स्पेस स्टेसनमा पुग्ने गरी यो प्रक्षेपण गरिएको हो ।
मानिस सहितको अन्तरिक्ष अभियान चीनको यो सातौं हो । तर स्पेस स्टेशन बनाउने अभियान यो पहिलो हो ।
पाँच वर्षयता मानिस सहितको अन्तरिक्ष अभियान यो पहिलो हो । यो अन्तरिक्ष यानको शीर्षमा लङ मार्च टु एफ नामक रकेट क्यारियर रहेको छ ।
यो यान जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट उडेको हो । यो चीनको उत्तरपश्चिममा रहेको गोबि मरुभूमि क्षेत्रमा रहेका छ । बेइजिङको समय अनुसार यो अन्तरिक्ष यान ९ बजेर २२ मिनेट बिहान उडेको चीनको मानवसहित अन्तरिक्ष नियोगले जनाएको छ ।
यो अन्तरक्षि यानसँग जानेहरूमा शेन्झाउ छैटौ र शेभन्झाउ दशौंमा सहभागी भएका अनुभवी ५६ वर्षीय कमान्डर निइ हाइशेङ, शेन्झाउ सातौंमा सहभागी ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक जान ४५ वर्षीय ताङ होङबो रहेका छन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking