दिल्लीको एम्स अस्पतालको नवौं तलामा आगलागी

काठमाडौ । भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स नामक संक्षेपमा एम्सले चिनिएको अस्पतालमा बुधबार राति साढे एघार बजे तिर अचानक आगलागी भएको छ ।
नवौं तलामा यो आगलागी भएको हो । नवौं तलामा प्रयोगशाल र अन्य कार्यालयहरू रहेका छन् । रोगीहरू नरहने यो तलाको आगलागी निभाउन पुगेको दमकलले आगो नियन्त्रणमा लिएपछि थप क्षति नभएको हो ।
सूचना पाएको केही समयमै दमकलका २० गाडी घटनास्थलमा पुगेर आगो निभाउने काम गरेका थिए । दमकल कर्मचारीहरूले आधा घन्टा भित्र आगो निभाउन सफलता पाएका थिए । रेफ्रिजरेटरमा सर्टसर्किट भएर आगो लागेको थियो ।
यो अस्पतालमा यसअघि पनि आगलागी भएको थियो । १७ अगस्ट २०१९मा एकेडमिक ब्लकमा आगलागी भएको थियो । करोडौं रुपिया बराबरको प्रयोगशाला जलेर नस्ट भएको निशान अझ देखिन्छ । यसको एक वर्ष अघि २०१६मा आगलागी भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot
प्रतिक्रिया