Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लिएदेखि शरीरमा टाँसिन थाल्यो फलामे वस्तु

कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लिएदेखि शरीरमा टाँसिन थाल्यो फलामे वस्तु


काठमाडौ । भारतको महाराष्ट्र प्रान्तको नासिक जिल्लाका एक बासिन्दाले कोरोनाभाइरसविरुद्धको खोपको दोस्रो मात्रा लिएदेखि शरीरमा चुम्बकीय शक्ति आएको दाबी गरिएको छ ।

दोस्रो मात्रा लिएका व्यक्तिको शरीमा चम्चा, स्टिल र फलामका वस्तु तथा सिक्का टाँसिन थालेको हो ।

यस्तै अर्को घटना सार्वजनिक भएपछि स्वास्थ्य मन्त्री राजेश टोपेले मामिलाको जाँच गर्न आदेश दिएका छन् ।

खबर सुनेर डाक्टरहरू हैरान भएका छन् ।अरविन्द सोनारको जाँच गर्न डाक्टरको टोली पुगेको छ ।

पहिले यो पसिनाले टाँसिएको हुन सक्ने बुझिएको थियो । पछि वास्तवमै टाँसिएको पाइए पछि एक कान दुई कान मैदान भएको छ ।

अरविन्द सोनारले दुई जुनका दिन कोभिशिल्डको दोस्रो मात्रा लिएको दैनिक भाष्करले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस