Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरोबोट युद्धको नयाँ युग चुपचाप सञ्चालनमा

रोबोट युद्धको नयाँ युग चुपचाप सञ्चालनमा


काठमाडौ । रोबोट युद्धको नयाँ युग चुपचाप सञ्चालनमा आएको देखिएको छ ।

सन् २०२०को मार्च महिनामा कोभिड–१९ लकडाउन विश्वमा भइरहेका बेला लिबियामा स्वचालित ड्रोन आक्रमणहरू भए । यी आक्रमणहरू इतिहासमै पहिलो पटक भएको हुन सक्छन् ।

यो वर्ष मार्च महिनामा संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय सम्झौताको सरकारप्रति समर्पित लिबियाली सेनाले टर्कीमा बनेको एएसटीएम कारगु टु नामक ड्रोनहरूको प्रयोग पूर्व लिबियाली फिल्ड मार्शल खलिफा हफ्तारप्रति समर्पित एकाएलाई सिकार बनाउन गरेका सो प्रतिवेदनमा उल्लेख छ ।

यो प्रतिवेदन स्वतन्त्र विज्ञहरूले तयार पारेका छन् । मानिसको कुनैपनि गतिविधि बिना स्वचालितरूपमा ड्रोन सञ्चालित भएको र आक्रमण गर्न सकेको प्रतिवेदनमा भनिएको छ ।

यो प्रतिवेदन सही भए सेना र मानवअधिकारहरूले आंशका गरे अनुसारको स्वचालित ड्रोनको युद्ध मैदान भएको यो पहिलो दस्तावेज हुनेछ ।

यस्ता गतिविधि जानकारी नदिइ सञ्चालनमा आएको देखिएको छ । गत दुई दशकमा यस्ता प्रविधियुक्त स्वचालित यन्त्रको लडाइ हुने प्रविधिको प्रसार भइआएको र यस्ता नवपर्वतन सस्तो हुने भएको देखिएको छ । टर्कीले यसलाई सस्तो र असरदार ड्रोनको विकास गरेजस्तो अरु कसैले गरेको नदेखिएको जनाइएको छ ।

सन् २०१८मा थन्डर स्ट्रोम बहुराष्ट्रिय नेटो सैनिक अभ्यासका जर्मन सेनाले रकेट प्रक्षेपण गरेको थियो । यो ७ जुन २०१८मा लिथुआनिया नजिक सैनिक अभ्यास भएको थियो ।

अमेरिका र पश्चिमा स्वार्थ मध्यपूर्वमा फैलिदा टर्कीले लिबिया, सिरिया, अफगानिस्तान र पश्चिम अफ्रिकाका द्वन्द्वहरूमा आफूलाई संलग्न गराउँदै आएको छ ।

टर्कीले युएभी बजारमा आफ्नो प्रविधिको बिक्री गरिरहेको छ । बेराक्तार टीबीटु ड्रोन्सलाई कतार, टयुनिसिया र युक्रेनमा बिक्री गरिरहेको छ ।टीबीटु टर्की समर्थित लिबियाली सेनाले प्रयोग गरिरहेको छ ।

नागोरोना काराबाख , अर्मेनिया र अजरबैजानमा भएका द्वन्द्वमा टर्कीको ड्रोन सहयोग थियो । टर्कीको युएभी निर्यातको सफलताको सबैले प्रशंसा गरिरहेको छैन् । अप्रिलमा क्यानाडाले ड्रोना बनाउने सामानहरूको टर्की निर्यातमा बन्देज लगायो ।

ठिक त्यही बेला पश्चिमाहरूले रुसी एस फोर हन्ड्रेड हवाई रक्षा क्षेप्यास्त्र खरिद गर्न टर्कीमाथि बन्देज लगाएको थियो ।

यस्ता स्वचालित रोबोटको प्रसारमा बन्देज लगाउनुपर्ने माग भइरहेको छ । यो मानवअधिकारको विरूद्ध प्रयोग हुने भएर विश्वभर चिन्ता व्यक्त भइरहेको छ । तर यस्तो रोक कार्यान्वयन यर्थाथमा हुनु भन्दा अगावै यो सबै तिर सत्य साबित भइसक्ने देखिएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस