Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियहतियार नियन्त्रण वार्तामा सामेल हुन चीन तयार

हतियार नियन्त्रण वार्तामा सामेल हुन चीन तयार


काठमाडौ । अमेरिकाले आफ्नो परमाणु हातहतियारको भण्डारण स्तर चीनको स्तरमा झार्न चाहेको भए चीनले हतियार नियन्त्रण वार्तामा सामेल हुन तयार रहेको जनाएको छ ।

अमेरिका र रुससँग हातहतियार नियन्त्रणसम्बन्धी सम्झौतामा सहभागी हुन चीन खुशी हुने तर अमेरिकाले आफ्नो परमाणु भण्डारण चीनको स्तरमा झर्न तयार हुनुपर्ने एक बरिष्ठ चिनियाँ कुटनीतिज्ञले जनाएका छन् ।

अमेरिकाले चीनलाई हातहतियार नियन्त्रण गर्ने सम्झौता नयाँ शिरामा सामेल हुन गरेको आह्वानप्रति चीनले यस्तो प्रतिक्रिया जनाएको हो । अमेरिका र रुसबीच अस्तित्वमा रहेको परमाणु हातहतियारसम्बन्धी सो सम्झौता आगामी वर्ष फेब्रुअरीमा समाप्त हुन गइरहेको छ ।

त्यसअघि सो सम्झौतामा अमेरिकाले चीनलाई पनि सामेल गराउन खोजेको छ । चीनको विदेश मन्त्रालयमा हातहतियार नियन्त्रण विभागका प्रमुख फु कोङले यस्तो बताएका हुन् । अमेरिकाको परमाणु भण्डारण चीनको भन्दा २० गुना बढी रहेको बताउँदै यस्तो सम्झौतामा चीन सहभागी हुन इच्छुक नभएको पुरानो अडान दोह¥याए ।

रोयटर्ससँगको कुराकानीमा फुले भने “म तपाईलाई विश्वास दिलाउँछु अमेरिकाले आफ्नो भण्डारण चीनको स्तरमा ल्याउन तयार भए अर्को दिन सो वार्तामा सामेल हुन चीन खुशी खुशी तयार हुनेछ । तर वास्तवमा हामीलाई थाहा भए अनुसार यस्तो हुन गइरहेको छैन ।”


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस