Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरस

ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरस


ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । यसपटकको परीक्षणमा उनलाई कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ । राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए ।

कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै उनले संक्रमण फैलिन नदिन गरिने लक डाउनको पनि विरोध गर्दै आएका छन् । उनले सार्वजनिक स्थानमा जाँदा मास्क पनि लगाउँदैनथे । धेरै स्थानमा उनी विना सामाजिक दूरी र विना मास्कमा देखिएका छन् ।

बीबीसी


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस