अमेरिकी अर्थतन्त्रमा चीन र भारतका विद्यार्थीहरूबाट हुने आम्दानी ठूलामध्येको एक
काठमाडौ । अमेरिकाको अर्थतन्त्रमा विदेशी विद्यार्थीहरूबाट हुने आम्दानी ठूलामध्येको एक आम्दानीको स्रोत रहेको छ । तीमध्ये चीन र भारतका विद्यार्थीहरुबाट हुने आम्दानी अन्य देशहरुको तुलनामा धेरै रहेको छ । अमेरिकी सरकारले हालै सार्वजनिक गरेको विदेशी विद्यार्थीहरु सम्बन्धी एक प्रतिवेदनमा यस्तो जनाइएको छ ।
सन् २०१९को ‘ओपन डोर्स रिपोर्ट अन दी इन्टरनेशनल एजुकेशन एक्सचेन्ज’ अनुसार शैक्षिक सत्र २०१८–१९मा अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या १० लाख बढी रहेको थियो । तीमध्ये चिनियाँ विद्यार्थीहरुको संख्यापछि अमेरिकामा भारतीय विद्यार्थीहरुको संख्या रहेको थियो । चीन र भारत दुबै गरी अमेरिकामा बसी पढ्ने विदेशी कुल विद्यार्थीहरुमा आधा भन्दा बढी रहने गरेको पाइएको छ ।
अमेरिकामा भारतीय विद्यार्थीहरुको संख्या सन् २०१८–१९मा पहिलो पटक दुई लाख नाघेको थियो । सन् २०१२–१३ मा भारतीय विद्यार्थीहरुको संख्या एक लाख मुनि थियो । द ओपन डोर्स रिपोर्टले सार्वजनिक गरेको आँकडा द इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशनको वेबसाइटबाट लिइएको जनाएको छ ।
भारतीय विद्यार्थीहरुको संख्या एक लाख मुनि रहेका बेला चिनियाँ विद्यार्थीहरुको संख्या दुई लाख ३५हजार पाँच सय ९७ थियो । सन् २०१८–१९मा चिनियाँ विद्यार्थीहरुको संख्या तीन लाख ६९ हजार पाँच सय ४८ रहेको बेला भारतीय विद्यार्थीहरुको संख्या दुई लाख दुई हजार १४ जना रहेको देखिन्छ । त्यतिखेर अमेरिकामा विदेशी विद्यार्थीहरुको कुल संख्या १० लाख ९५ हजार दुई सय ९९ रहेको थियो ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरुबाट अमेरिकाले हुने आम्दानी ४१ अर्ब अमेरिकी डलर बराबरको रहेको र यसले अमेरिकाको विभिन्न क्षेत्रमा गरी करिब चार लाख ६० हजार रोजगार सिर्जना गरेको रिपोर्टमा जनाइएको छ ।
अमेरिकाले लगाएको भिसा बाधाका कारण सन् २०१९मा दर्ता हुने नयाँ विदेशी विद्यार्थीहरुको संख्यामा गिरावट आएको जनाइएको छ ।
चीन र भारतबाट आउने विद्यार्थीहरुको संख्यामा देखिएको गिरावटमा अमेरिकामा चिन्ता व्यक्त गरिएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking