Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारत अमेरिका व्यापारमा ६० प्रतिशत बढीले गिरावट

भारत अमेरिका व्यापारमा ६० प्रतिशत बढीले गिरावट


काठमाडौ । चिनियाँ सामान वहिष्कार गर्ने अभियान सञ्चालन भइरहेको भारतमा अमेरिकासँगको व्यापार ६० प्रतिशतले गिरावट देखिएको छ । भारत र अमेरिका दुबै देशमा कोभिड–१९महामारी संक्रमितहरुको संख्या द्रुतगतिमा बढिरहेको छ । यही बेला भारतले चीनसँग सम्बन्ध बिगारेर कोरोना महामारीबाट आफ्नो अर्थतन्त्रलाई फाइदा हुने बाटोमा गएयता अमेरिकासँगको व्यापार ६० प्रतिशत बढी गिरावट आएको फोब्र्सको एक रिपोर्टमा उल्लेख गरिएको छ ।

विश्वभर सबैभन्दा बढी संक्रमितहरुको देशमा भारतले रुसलाई उछिनेर तेस्रो बढी संक्रमितहरुको देश बन्न पुगेको छ । अमेरिकामा निरन्तर संक्रमितहरुको संख्या बढ्दै गएर तीस लाख नजिक पुग्न लागेको छ ।

चीन र अमेरिकाबीचको द्वन्द्वबाट फाइदा उठाउने बाटोमा भारतले अमेरिकाको बाटो पछ्याइरहेको छ । हालै चीनसँगका सीमा विवाद चर्काएर त्यहाँ चीन विरोधी अभियान सञ्चालन गरिएको छ ।

चीन विरोधी अभियान सञ्चालन गर्नु पछाडिको उद्देश्य अमेरिकासँगको सम्बन्ध विस्तार गर्नु र चीनलाई बहिष्कार गर्नु रहेको छ ।

कोरोनाभाइरस महामारी फैलिएयता इन्डो प्यासिफिक रणनीति क्रमिकरुपमा बलियो भएर आएको छ । यसबाट भारतको रक्षा र सुरक्षा खाकामा फाइदा हुन नसकने अनुभव गरिएको छ ।

भारतसँगको सीमा विवाद साम्य पार्न हालै मात्र चीनका विदेशमन्त्री वाङ यीले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलरसँग टेलिफोन वार्ता गरे । दुबै पक्षले सीमा विवादमा सकारात्मक सहमति कायम गर्न सहमति जनाए ।

भारतले चीनलाई बहिष्कार गरी स्वतन्त्र व्यापारबाट अल्ग्याउने योजना बनाए यसबाट भारतलाई बढी नोक्सान हुने विषयमा चिनियाँ पक्षले आँकलन गरेको देखिएको छ ।

चीन भारतको दोस्रो ठूलो व्यापार साझेदार हो । भारतीय बजारमा लागत प्रभावकारी उत्पादन चीन बाहेक अन्यत्र कतैबाट आउन सक्दैन । भारतले यसको वैकिल्पिक उत्पादन विश्व बजारबाट ल्याउन सक्दैन । यस विषयमा चीन प्रस्ट भएको देखिन्छ ।

त्यसैले अनावश्यक चीन विरोधी राष्ट्रियता भडकाएर अरुलाई फाइदा नहुनेमा भारतीय पक्ष सोच्नु पर्ने देखिन्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस