Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमोदीले कोरोना खोपको दोस्रो मात्रा लिए

मोदीले कोरोना खोपको दोस्रो मात्रा लिए


काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना खोपको दोस्रो मात्रा बिहीबार बिहान लिएका छन् ।

दिल्लीस्थित एम्स अस्पतालमा मोदीले खोपको दोस्रो मात्र लिएका छन् । गत १ मार्चका दिन उनले पहिलो मात्रा लिएका थिए । मोदीले भारतमा बनेको बायोटेकको खोप लिएका हुन् ।

दोस्रो खोप लिएपछि मोदीले यसको जानकारी ट्वीट गरी जनाएका छन् । मोदीले खोपको बारेमा जानकारी दिँदै भाइरसलाई हराउने बाटो भएको बताए ।

प्रधानमन्त्री मोदीलाई दोस्रो खोपको मात्रा पनि पान्डुचेरीकी पी निवेदाले नै दिइन । त्यस अवसरमा पञ्जाबकी नर्स निशा शर्मा उपस्थित थिइन् ।

भारतको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ९ करोड भन्दा बढी मानिसलाई कोरोनाको खोप दिइसकिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)