Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजर्मनी र युरोपियन युनियनलाई चीनसँग मिलेर विश्व प्रणाली सन्तुलन गर्न चीनको आग्रह

जर्मनी र युरोपियन युनियनलाई चीनसँग मिलेर विश्व प्रणाली सन्तुलन गर्न चीनको आग्रह


काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले जर्मनी र युरोपियन युनियनलाई अस्थिर तथा असन्तुलित विश्वलाई बढी भन्दा बढी सुनिश्चित तथा स्थायित्व दिन चीनसँग मिलेर स्वस्थ्य तथा सन्तुलित विकासलाई प्रवद्र्धन गर्न आग्रह गरेका छन् ।

जर्मनीकी चान्सलर एन्जेला मर्केलाई टेलिफोन वार्तामा यस्तो आग्रह गरेको सिन्ह्वाले जनाएको छ । चीन जर्मनी र चीन युरोपियन युनियन सम्बन्धको विकासका लागि अगुवाइ भूमिका निर्वाह गर्न चिनियाँ राष्ट्रपतिसँग गत वर्ष पनि पटक पटक फोन गर्न आग्रह गरेका थिए ।

यो सम्बन्धले बढी महत्वपूर्ण परिणाम दिने विश्वास उनले व्यक्त गरेका छन् । चीन जर्मनबीचको व्यवहारिक सम्बन्धले कोभिड–१९को बाधाको बाबजुद धेरै राम्रो अवस्थाको साझेदारी गरिएको उनले जनाए । चीन जर्मनीको पाँचौं ठूलो व्यापारिक साझेदार लगालग रही आएकोले सम्बन्ध दिगो भएको सीले जनाए ।

विश्व अर्थतन्त्रलाई पुनर्जीवित गराउन चीन युरोपियन युनको सहयोग महत्वपूर्ण भएको परस्पर लाभको आधारमा सम्बन्ध प्रवद्र्धन गर्नुपर्ने विषयमा सीले जोड दिएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)