Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा हालसम्मकै उच्च संक्रमण : एकैदिन १.०३ लाख कोरोना संक्रमित फेला

भारतमा हालसम्मकै उच्च संक्रमण : एकैदिन १.०३ लाख कोरोना संक्रमित फेला


छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा हालसम्मै धेरै कोरोना संक्रमित थपिएका छन्।

भारतमा मंगलबार एकैदिन १ लाख ३ हजार ९५५ जना कोरोना संक्रमित थपिएका छन्। यो एकैदिन फेला परेका हालसम्मकै धेरै संख्या हो।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ह्वात्तै बढेको छ। हिजो मंगलबार एकैदिन ६३० जनाले भारतमा कोरोनाबाट ज्यान गुमाएका छन्। यो एकैदिनको हालसम्मकै धेरै संख्या पनि हो।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका, मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। कोरोना रोकथामकै लागि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइएको छ।

भारतमा अहिलेसम्म १ करोड २८ लाख मानिसमा कोरोना संक्रमण भएका छन्। हालसम्म १ लाख ६६ हजारले ज्यान गुमाइसकेका छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)