अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक
काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठक आज अमेरिकाको राजधानी वासिंटन डीसीस्थित प्रधान कार्यालयमा हुन गइरहेको छ ।
विश्वभरको अर्थतन्त्र कोरोनाभाइरस वैश्विक महामारीबाट संकटग्रस्त अवस्थामा पुगेको छ । कोरोनाभाइरसका लागि गरिएको लकडाउन विश्वको अर्थतन्त्र ठप्प हुन पुगेकाले समस्या उत्पन्न भएको थियो ।
अहिले पनि कोरोनाको दोस्रो तेस्रो लहर चलिरहेको छ । खोप निर्माण भएपनि अपेक्षित मात्रमा खोप उत्पादन भइरहेको छैन ।
कतिपय गरिब मुलुकहरूमा कोरोनाको खोप पु¥याउन सकिएको छैन ।
विकसित देशमा पनि कोरोनाको खोप सबैलाई लगाउन सकिएको छैन । अहिले कोरोना महामारी नियन्त्रको मध्य अवस्था भएको जनाउँदै अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथनले कोषको वसन्तकालीन बैठक शुरू भइरहेको जनाएकी छिन् ।
उनले विभिन्न देशहरूले आफ्नो देशको आवश्यकता अनुसार कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्र उकास्न आफ्नै तरिकाले निर्णय गर्ने छैन । यहाँ कोषले विश्वको अर्थतन्त्रका लागि र कोरोनाभाइरस महामारीका लागि गर्नु पर्ने कार्य र आर्थिक गतिविधिका बारेमा आवश्यक निर्णय यो वसन्त बैठकमा लिने अपेक्षा उनले व्यक्त गरेकी छिन् । यो जानकारी उनले आफ्नो ट्वीटर ह्यान्डलबाट दिएकी छिन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
अर्थ,
समाचार
ट्याग : #breaking