Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअरूण ग्रहबाट ‘एक्स’किरण निस्कन्छ

अरूण ग्रहबाट ‘एक्स’किरण निस्कन्छ


काठमाडौ । सौर्यमण्डलको सातौं ग्रह अरूण वा युरेनसबाट एक्स किरण वा एक्सरे आउने कुरो पहिलो पटक वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

यो वैज्ञानिक अध्ययन जरनल अफ जियोफिजिकल रिसर्चमा प्रकाशित भएको छ । सन् २००२ र २०१७मा चन्द्र अब्जरभेटरीले गरेको दुई युरेनसको भिजुअलको अध्ययनबाट यस्तो निष्कर्षमा पुगएिको हो ।

पहिलो अवलोकन अध्ययनले एक्सरेको पहिचान र दोस्रो यो विशाल हिमवत ग्रहबाट एक्सरेको सम्भावित चमकको बारेमा पत्ता लगाएको थियो । युरेनस हाइड्रोजन र हिलियम भन्दा गहु्रगो तत्वहरूबाट निर्माण भएको ग्रह हो ।

अमेरिकाको अन्तरिक्ष अध्ययन नियोग नासाले एक्सरेको कम्तीमा अन्य स्रोत पनि रहेको जनाएको थियो ।

युरेनसलाई घेर्ने घेराहरूबाट एक्सरे आफै निस्किरहेको अर्को कम्तीमा युरेनसबाट निस्केको हुन सक्ने दुई कुरा नासाले जनायो ।
सौर्य प्रणालीको विशेषतामा एक्सरे पनि हो । युरेनसका लागि अनुसन्धानकर्ताहरूले एक्सरेका बारेमा पत्ता लगाएका हुन् ।

अनुसन्धानकर्ताहरूले पहिले एक्सरे सूर्यबाट बृहस्पति र शनि ग्रहमा पुगेको तर युरेनस र नेप्च्युनमा नपुगेको जनाउने गरेका थिए । युरेनसको विशिष्टता भनेको यो आफ्नो कक्षमा घुम्छ र यसको चुम्बकीय क्षेत्र असाधारण किसिमको हो ।

नासाले जनाए अनुसार युरेनसबाट एक्सरे निस्कने कुरोले खगोलशास्त्रीहरूलाई अन्तरिक्षका बढी भन्दा बढी रहस्यमय वस्तुहरूको बारेमा जान्न बुझ्न सहयोग पु¥याउने छ ।

सूर्यबाट युरेनस सातौ ग्रह हो । यसको व्यास पृथ्वीको भन्दा करिब चार गुणा छ ।ग्रहको बीचभागमा दुई घेराले घेरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)