फ्रान्समा वरिष्ठ सरकारी कर्मचारीलाई प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ, १९ असार । फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रोनले एकजना वरिष्ठ सरकारी कर्मचारीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणका बीच खुकुलो बनाउने नीति ल्याएका जिन कास्टेक्सलाई राष्ट्रपति मैक्रोनले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
फ्रान्सको राष्ट्रपति कार्यालयले एक संक्षिप्त वक्तव्य जारी गर्दै जिन कास्टेक्सलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको र सरकार गठनको कार्यादेश दिइएको उल्लेख गरेको छ ।
इडौर्ड फिलिप नेतृत्वको सरकारले शुक्रबार राजीनामा गरेको थियो । गत साता सम्पन्न स्थानीय चुनावमा राष्ट्रपति मैक्रोनको दलले ठूला शहरमा चुनावमा हार बेहोरेको थियो ।
कोरोना सङ्क्रमणबाट निम्तिएको आर्थिक मन्दीलाई रफ्तार दिन राष्ट्रपति मैक्रोनले नयाँ सरकार गठन गर्न लागेका हुन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #hot