म्यानमारको खानीमा पहिरो खस्दा एक सय भन्दा बढीको मृत्यु
काठमाण्डौ, १८ असार । म्यानमारको रत्न खानीमा पहिरो जाँदा कम्तीमा एक सय १३ जनाको ज्यान गएको छ । घटनामा अन्य व्यक्ति हराइरहेको र उनीहरुको खोजी भइरहेको बीबीसीले जनाएको छ ।
अधिकारीहरुका अनुसार यो घटना उत्तरी म्यानमारको कचिन प्रान्तको पेकान इलाकामा रहेको बहुमूल्य रत्न ‘जेड’ खानीमा भएको हो । उद्धारकर्ताहरुका अनुसार भारी वर्षापछि माटो बग्दा त्यो खानीमा जेड खोज्न गएका मानिसहरुलाई पुरेको बताएका छन् ।
म्यानमारमा विश्वको सबैभन्दा धेरै जेड रत्न पाइन्छ । म्यानमार प्रत्येक वर्ष ३० अर्ब डलर बराबरको जेड रत्न कारोबार गर्दै आइरहेको छ । म्यानमारमा बर्सेनि खानीमा पटक(पटक दुर्घटना हुँदै आइरहेको छ । गएको वर्ष पनि खानीमा भएका दुर्घटनामा सयभन्दा धेरैको ज्यान गएको थियो ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #hot