Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियडेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बने जो बाइडेन

डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बने जो बाइडेन


पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या डेलिगेट्स पुगेको घोषणा गरेका छन्।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उनको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ । ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पार्टीको मनोनयनका लागि आवश्यक एक हजार ९९१ जना प्रतिनिधि संख्या आफूलाई प्राप्त हुने सुनिश्चित भएको बताए ।

मंगलबार सम्पन्न डेमोक्र्याटिक पार्टीको चुनावमा आफूलाई पार्टीका तर्फबाट मनोनयनमा पर्न आवश्यक संख्या प्राप्त भएको बताउँदै उहाँले अब मुलुकको सर्वोत्तम हितका लागि राष्ट्रपति पदको औपचारिक चुनावी यात्रामा निस्कने बताए।

गत अप्रिलमै राष्ट्रपति पदको दौडमा रहेका अर्का प्रत्यासी भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले चुनावी दौड परित्याग गर्दै  जो बाइडेनलाई समर्थन गरेका थिए ।

अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्योयडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि देशव्यापी प्रदर्शन र हिंसाबीच नै डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव सम्पन्न भएको थियो । फ्योयडको निधनप्रति बाइडेनले अहिले अमेरिकी इतिहासमै कठिन मोडमा उभिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको विभाजनकारी, क्रोधी राजनीतिको कुनै जवाफ नभएको प्रतिक्रिया दिए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस