काठमाडौ । पूर्व अमेरिकी सुन्दरी तथा विश्वका सबै भन्दा कुख्यात लागु औषधका कारोबारीकी पत्नी पक्राउ परेकी छिन ।
सर्वाधिक कुख्यात लागु औषधका कारोबारी एल चापो गुजमानकी पत्नी एम्मा कोरोनेल आइसपुरो पक्राउ परेकी छिन ।
अमेरिका र मेक्सिको दुबैको नागरिक पहिचान बोकेकी ३१ वर्षीया आइसपुरोलाई डुल्लेस इन्टरनेशनल एयरपोर्ट चान्टिलीबाट पक्राउ गरिएको छ ।
अन्तर्राष्ट्रिय लागु औषध कारोबारमा उनका संलग्नता रहेकोले पक्राउ गरिएको अमेरिकाको न्याया विभागले सोमबार जनाएको हो ।
आइसपुराले १८ वर्षको उमेरमा एल चापोसँग विवाह गरेकी थिइन । उनले एक किलोग्राम भन्दा बढी हेरोइन, पाँच किलोग्राम भन्दा बढी कोकिन, आधा किलो भन्दा गाँजाको ओसारपसार गरेको अभियोग लगाइएको छ ।
यसका साथै आइसपुरोले जेलाबाट निकाल्न दुई पटक प्रयास गरेको अभियोग पनि लगाइएको छ ।
मेक्सिको जेलबाट एल चापोलाई निकाल्न डेढ किलोमिटर टाढाबाट सुरूङ खनेर ११ जुलाई सन् २०१५मा प्रयास गरेको उल्लेख छ भने अर्को प्रयास जनवरी २०१६मा सोही जेलबाट निकाल्ने प्रयास उनले गरेकी थिइन ।
दुबै प्रयास गुप्तभेषमा रहेका जेल अधिकारीहरूको कारण असफल हुन पुगेको हो ।
सन् २०१७मा एल चापोलाई अमेरिकालाई सुपुर्दगी गरिएको थियो । उनलाई ३० वर्ष बढीको जेल सजाय भोगिरहेका छन ।
।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
समाचार
ट्याग : #breaking