काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरसबाट मर्ने पाँच लाख अमेरिकहरूप्रति ह्वाइट हाउसमा मौनसभाको आयोजना गरेका छन ।
बाइडनले कोरोनाबाट हुने मृत्युको यो दुखलाई हामीले रोक्नु पर्ने बताए ।
अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति दम्पत्तिसहित अन्य सहभागी सबैले कोरोनाबाट मर्ने अमेरिकीहरूको स्मरणमा ह्वाइट हाउस बाहिर एक क्षणको मौन राखेर मैनबत्ती बालेका थिए ।
कोरोनाबाट मर्नेहरूको यो संख्या विश्वमै सबै भन्दा बढी रहेको छ । अमेरिकामा २ करोड ८१लाख अमेरिकीहरू कोरोनाबाट संक्रमित भएको रेकर्ड पनि सबै भन्दा बढीको रेकर्ड बनेको छ ।
कोरोनाबाट मर्नेहरू प्रति सबैलाई स्मरण गर्न बाइडनले आग्रह गरे । साथै उनले आगामी पाँच दिन सम्म अमेरिकाको राष्ट्रिय झण्डा देशभर झुकाउन आदेश दिए ।
अमेरिकीहरूको यो मृत्यु प्रथम विश्व युद्ध, द्वितीय विश्वयुद्ध र भएतनाम युद्ध समेत गरे भन्दा पनि ठूलो भएको बाइडनले सम्बोधनमा भनेका छन ।
त्यसक्रममा उनले सन् १९७२मा एक कार दुर्घटनामा पत्नी र छोरी गुमाएको र सन्२०१५मा ब्रेन क्यान्सरबाट छोरो गुमाएको पीडा पनि व्यक्त गरेका थिए ।
जनवरी १९का दिन सपथ ग्रहण लिन अघि ट्रम्प बाहिरिन अघि अमोरिकामा मर्नेहरूको संख्या ४ लाख पुगेको थियो । बाइडनले पदभार सम्हालेको एक महिना नपुग्दै १ लाख अमेरिकीको कोरोनाबाट मृत्यु भएको छ ।
अमेरिका पछिसबै भन्दा बढी संक्रमित हुने भारतमा १ करोड १० लाख ब्राजिलमा १ करोड १लाख संक्रमित रहेको छ भने मर्र्नेहरूको दोस्रो ठूलो संख्या ब्राजिलमा २ लाख २२ हजार र मेक्सिकोमा तेस्रो १ लाख ७८ हजार रहेका छन ।
अमेरिका पछिसबै भन्दा बढी संक्रमित हुने भारतमा १ करोड १० लाख ब्राजिलमा १ करोड १लाख संक्रमित रहेको छ भने मर्र्नेहरूको दोस्रो ठूलो संख्या ब्राजिलमा २ लाख २२ हजार र मेक्सिकोमा तेस्रो १ लाख ७८ हजार रहेका छन ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
समाचार
ट्याग : #breaking