Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजर्मनीका सांसदहरूले अल्पसंख्यकहरूलाई विशेष संरक्षण गर्न संविधान संशोधन गर्न खोज्दै

जर्मनीका सांसदहरूले अल्पसंख्यकहरूलाई विशेष संरक्षण गर्न संविधान संशोधन गर्न खोज्दै


काठमाडौ । जर्मनीका सांसदहरूले अल्पसंख्यकहरूलाई विशेष संरक्षण गर्न संविधानमा संशोधन गर्न खोजेका छन ।

संविधान संशोधन गर्न खोज्ने सांसदहरूको सो समूहले सार्वजनिक गरेको घोषणा पत्रमा ‘सामाजिक एकता’का लागि यो संशोधन गर्न खोजेको जनाएको छ ।

शत्रुतासम्बन्धी सबै स्वरूपलाई बहिष्कृत गर्नु पर्छ भन्ने त्यो समूहको घोषणालाई जर्मन बन्डेस्टयागका उपाध्यक्ष क्लाउडिया रोथ र ग्रिन पार्टी तथा एमइपीका सांसदहरूको समर्थन रहेको छ ।

अल्पसंख्यकहरूको अधिकार सुरक्षित गर्न यो संशोधन गर्नु पर्ने माग गरेका छन

जर्मनीको विद्यमान संविधानले सबै जनताको समान अधिकारको ग्यारन्टी गरेको छ । तर घोषणा पत्रका लेखकहरूले अल्पसंख्यकहरूको अधिकार सुनिश्चित गर्न समस्या उत्पन्न गराउने अपर्याप्त शब्दहरूको प्रयोग गरिएको दाबी गरेका छन ।

उनीहरूलाई शिक्षा तथा रोजगारका अवसरहरूमा नश्लवाद र लिंगवादको चुनौतीको सामना गर्नुपरिरहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, संसद
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)