Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविश्वका नेताहरूलाई जोको ठाउँमा कमलाले पहिलो फोन गर्न थालेपछि आँखीभौं खुम्चिदै

विश्वका नेताहरूलाई जोको ठाउँमा कमलाले पहिलो फोन गर्न थालेपछि आँखीभौं खुम्चिदै


काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले विश्वका नेताहरूलाई पहिलो फोन गर्नुपर्ने ठाउँमा उपराष्ट्रपति कमला ह्यारिसले पहिलो फोन गर्न थालेको देखेर केही पर्यवेक्षकहरूले फरक अनुभव गर्न थालेका छन ।

अमेरिकी राष्ट्रपति बाइडनले नातिनातिनासँग क्याम्प डेभिडमा भिडियो गेम खेलिरहेका बेला उपराष्ट्रपति ह्यारिसले फ्रान्सका राष्ट्रपति एम्मानुअल म्याक्रनसँग टेलिफोन गरिन ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ह्यारिस र फ्रान्सका राष्ट्रपति म्याक्रोनले कोभिड–१९, जलवायु परिवर्तन तथा लोकतन्त्रका लागि अमेरिका भित्र र बाहिर दुई पक्षीय तथा बहुपक्षीय विषयहरूमा मिलेर काम गर्ने सहमति फोन वार्तामा जनाएको उल्लेख छ ।

मध्यपूर्व तथा अफ्रिका लगायतका क्षेत्रमा देखिएका क्षेत्रीय चुनौतीहरूको सामना गर्न म्याक्रोनले दिएको सहमति प्रति ह्यारिसले उनलाई धन्यवाद व्यक्त गरेको उल्लेख छ ।

उपराष्ट्रपतिले विश्वका नेताहरूसँग यसरी कुराकानी गरेको विषय अस्वाभाविक रहेको कतिपयको भनाइ रहेको छ ।
ह्यारिसले यो दोस्रो पटक यस्तो गरेकी हुन । यसअघि फेब्रुअरी एकमा क्यानाडाका राष्ट्रपति जस्टिन ट्रडउसँग फोन गरी पुराना स्मरणबारे कुराकानी गर्दागर्दै जैविक विविधता, कोभिड–१९, जलवायु परिवर्तन लगायत अन्य विषयमा पनि कुराकानी गरेकी थिइन ।

ह्यारिसले यसरी बाइडनको ठाउँमा फोन गर्न थालेको विषयले कतिपयको आँखी भौं खुम्चिन थालेको छ ।

७८ वर्षीय बाइडन अमेरिकी इतिहासमा सबै भन्दा बढी उमेरका राष्ट्रपतिको रूपमा पहिलो सपथ लिएका थिए ।त्यसैगरी ५६वर्षीय ह्यारिसले पनि भारतीय आमा र अफ्रिकी पिताको सन्तानको रूपमा पहिलो महिलाको रूपमा उपराष्ट्रपतिको रूपमा सपथ लिएकी थिइन ।

बाइडन आफैले पनि आफू संक्रमणकारी उम्मेदवार भएको बताएका थिए । बाइडन ह्यारिस प्रशासनको रूपमा पनि ठटयौली गरिएको थियो ।

राष्ट्रपति पदको उम्मेदवारको दौडमा रहेकी ह्यारिस डेमोक्रेटिक पार्टी भित्रको शुरूआती अभियानमा हटेकी थिइन ।

बाइडनले जितको लागि सञ्चालन गरेको अभियानका क्रममा कमजोर अनुभव गरेका बेला आफ्नो उपराष्ट्रपति पदका लागि ह्यारिसलाई छनौट गरी अभियान बनाएर चुनाव जितेका हुन ।

अगस्टमा बाइडनले ह्यारिसको नाम उपराष्ट्रपतिमा छनौट गरी ह्वाइटहाउसको जोडीका लागि बाइडन ह्यारिस बनाए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)