Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले सिनेटमा आफ्नै दलका नेता विरूद्ध मोर्चा खोले

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले सिनेटमा आफ्नै दलका नेता विरूद्ध मोर्चा खोले


काठमाडौ । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा आफ्नै दल रिपब्लिकनका नेता मिच म्याककोनेललाई तेस्रो स्तरका नेता भनी राजनीतिक गाली गरेका छन ।

म्याककोनेल जस्ता नेताले ‘अमेरिका फस्ट’ नारालाई पूरा गर्न नसक्ने बताउँदै ट्रम्पले उनी नहाँस्ने खालका नेता भएको बताए ।
ट्रम्पले एक लामो विज्ञप्ति जारी गरी उनी राजनीतिक सुझबुझ, ज्ञान, सीप र व्यक्तित्व नभएका नेता भएको र उनी रहेसम्म रिपब्लिकन पार्टीले कहिले सम्मान नपाउने बताएका छन ।

म्याककोनेलको राजनीतिले उनलाई सिनेटमा बहुमत दलको नेताबाट द्रुतगमिा अल्पसंख्यक दलका नेतामा झार्नेछ ।

ट्रम्पले आफ्नो कार्यकालमा रिपब्लिकन पार्टीलाई अमेरिकी सदनमा सदस्यहरूको बृद्धि गराएको जनाउँदै म्याककोनेलले त्यस्तो गर्न नसक्ने बताए ।

म्याककोनलले डेमोक्रेटको एजेन्डा बोकेको समेत आरोप लगाए ।

सिनेटमा बहुमतको नेताको हैसियतमा ट्रम्पका विरूद्ध आएको महाभियोगको प्रस्तावमा मतदान गरेका थिएनन । तर अमेरिकी संसदमा ट्रम्पका समर्थकहरूले गरेको दङ्गा गलत भएको बताएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)