Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमरेको बाउको विर्यबाट जन्मियो सिंह डमरू सिम्बा

मरेको बाउको विर्यबाट जन्मियो सिंह डमरू सिम्बा


काठमाडौ । सिंगापुरको चिडियाखानामा मरेको बाउको विर्यबाट कृत्रिम गर्भाधान प्रक्रियाबाट सिंह डमरू सिम्बा जन्मिएको खुशियालीको लहर चलिरहेको छ ।

कृत्रिम गर्भाधान प्रक्रियाबाट सिम्बा जन्माउन सकेपनि बाउ मुफासालाई जोगाउन भनि सकिएन ।

मुफासाका एक्लो छोरो सिम्बा हो । सिम्बा प्राकृतिक मैथुन प्रक्रियाबाट जन्मेको होइन ।

मुफासाको वंशवृद्धिका लागि सो चिडियाखानाले यो कृत्रिम गर्भाधान विधि अपनाउने निर्णय गरेको थियो । यो विधि आफैमा दुर्लभ विधि हो ।

कृत्रिम गर्भाधानका लागि उसको विर्य विद्युतीय विधिबाट निकालियो ।

विर्य निकालेर गरिएको कृत्रिम गर्भाधान प्रक्रियाको तीन महिनापछि सिम्बा देखिएको हो ।

गत अक्टोबरमा जन्मेको सिम्बाको खबर चिडियाखानाले अहिलेसम्म सार्वजनिक गरेको थिएन ।

उसलाई जन्माउने केयलाको ग्रन्थीमा जलन भएकाले सिम्बालाई बोतलको दुध खुवाउने गरिएको तर आमा नजिकको सम्पर्क बनाइएको बीबीसीको समाचारमा उल्लेख छ । दुधका सार्थ केही कच्चा मासु पनि खान दिने गरिएको छ ।

चिडियाखानाको इतिहासमा अफ्रिकी सिंहको जनसंख्यामा यो वंशाणुगत विविधताको रूपमा सिम्बा अगाडि बढेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, रोचक, विज्ञान, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)