Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो


काठमाण्डौ, १४ असार । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ ।

अहिलेसम्म एक करोड ७३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नाघेको छ ।

अहिलेसम्म ५ लाख ६ सयभन्दा बढीको ज्यान गएको हो । एक करोडभन्दा बढी सङ्क्रमितमध्ये ५४ लाख ५१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

अमेरिकामा २५ लाख ९५ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको ज्यान गएको छ । ६ लाख २७ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

चौथो स्थानमा रहेको भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजारभन्दा बढीको ज्यान गएको छ । भारतमा ३ लाख १० हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस